News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।
- कांग्रेसभित्र चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा विवाद छ र सहमति नभएपछि केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ।
- सभापति देउवाले उपचारपछि सक्रिय हुँदै आफू निकटका नेताहरूलाई बोलाएर छलफल गरिरहेका छन् र आज पूर्वपदाधिकारीहरूलाई पनि बोलाएका थिए।
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उनको निवास पुगेका छन् ।
चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र विवाद छ । दुई पक्षमा सहमति हुन नसक्दा केन्द्रीय समितिको बैठक निरन्तर स्थगित गरिएको छ ।
शुक्रबार बस्ने केन्द्रीय समितिको बैठक अघि सहमति जुटाउने प्रयासका लागि छलफल गर्न तीन नेता सभापति देउवा निवास पुगेका हुन् ।
२८ असोजमा सभापति देउवाले कार्यवाहक सभापतिमा खड्कालाई जिम्मेवारी दिएर १० कात्तिकमा उनी उपचारका लागि सिंगापुर गएका थिए । देउवा २८ कात्तिकमा फर्केका थिए । उपचार गरेर फर्केपछि देउवा स्वयं सक्रिय हुन लागेका थिए ।
देउवाले आफू निकटका नेताहरू बोलाउँदै छलफल गर्दै आएका थिए । आज मात्रै देउवाले आफू निकटका पूर्वपदाधिकारीहरू बोलाएर छलफल गरेका थिए । उपचार गरेर फर्केपछि देउवालाई महामन्त्री शर्माले भेटे पनि अर्का महामन्त्री थापा भने पहिलो पटक छलफलका लागि पुगेका हुन् ।
प्रतिक्रिया 4