+
+
Shares

आगामी बजेटमा आयोजना बैंक कार्यान्वयन प्रभावकारी बनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आयोजना बैंकको कार्यान्वयन प्रभावकारी बनाउने तयारी गरेको छ।
  • सचिव बैठकले आयोजना बैंकमा समयमै आयोजनाको विवरण प्रविष्ट गर्ने र बजेटमा केवल यस्ता आयोजना राख्ने निर्णय गरेको छ।
  • बैठकले एलडीसी ग्राजुएसन स्मुथ ट्रान्जिसन स्ट्राटेजी र १६ औं योजनाको कार्यान्वयनमा क्षेत्रगत मन्त्रालयलाई उच्च प्राथमिकता दिन भनिएको छ।

१० पुस, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको क्रममा आयोजना बैंकको कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।

सोमबार बसेको सचिव बैठकले आगामी आवको बजेट तर्जुमाका लागि आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको विवरण समयमै प्रविष्ट गर्ने निर्णय गरेको हो । यसअघि आयोजना बैंकको अवधारणा औपचारिकतामा मात्र सिमित गरिएको थियो ।

बजेट आउने दिनको अघिल्लो रातसम्म बजेटमा आयोजना घुसाउने प्रवृत्तिका कारण राजनीतिक स्वार्थका हजारौं खुद्रे आयोजना समावेश हुने गरेका छन् ।

यसलाई रोक्न सरकारले आगामी बजेटमा आयोजना बैंकको कार्यान्वयन प्रभावकारी बनाउने तयारी गरेको हो । आयोजना बैंकमा सामान्यतया पूर्वतयारी सम्पन्न भई कार्यान्वयनको चरणमा रहेका आयोजना प्रविष्ट गर्ने र यसरी प्रविष्ट गरिएका आयोजना मात्र बजेटमा राख्ने प्रावधान छ ।

सो बैठकले एलडीसी ग्राजुएसन स्मुथ ट्रान्जिसन स्ट्राटेजी र १६ औं योजनाको कार्यान्वयनमा क्षेत्रगत मन्त्रालय/निकायले उच्च प्राथमिकता दिई आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

साथै युसको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्यान्वयनमा रहेको कार्ययोजना बमोजिम सम्बन्धित निकायले आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य उच्च प्राथमिकताका साथ गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?