+
+
Shares

स्वर्ग जस्तै लाग्ने मुस्ताङको मुस्कान (फोटो फिचर)

अहिले मुस्ताङ घुम्न जाने सिजन त होइन । तर, फापर फुलेको मुस्ताङ हेर्न रहरले हामी दुई साता अघि पुगेका थियौं । प्लेनबाट जान खोजेका थियौं तर, टिकट नपाएपछि हामी सार्वजनिक सवारीबाटै बेनीबाट रुप्से छहारा पार गरेर धासाको बाटो जोमसोम पुग्यौं ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १२ गते १२:२१

Mustang nepal (8)

सन्नी प्रधान, फोटोग्राफर

अहिले मुस्ताङ घुम्न जाने सिजन त होइन । तर, फापर फुलेको मुस्ताङ हेर्न रहरले हामी दुई साता अघि पुगेका थियौं । प्लेनबाट जान खोजेका थियौं तर, टिकट नपाएपछि हामी सार्वजनिक सवारीबाटै बेनीबाट रुप्से छहारा पार गरेर धासाको बाटो जोमसोम पुग्यौं ।

हाम्रो बास जोमसोममा भयो । त्यहाँबाट हामी घमी भन्ने ठाउँमा पुग्यौं । आधी बाटोसम्म गाडीमा बाँकी हिडेरै त्यहाँ पुग्यौं । गाडी त चल्छ तर, ट्रकका लागि हामी डिँडेर गएका थियौं । घमीदेखि अप्पर मुस्ताङ सुरु भयो । हामी हिडेर चराङ पुग्यौं । त्यहाँ एक दिन बस्यौं र भोलिपल्ट लोमाङथाङ पुग्यौं ।

भ्रमणका क्रममा छोसेर गयौं, जहाँ यारथुङ अर्थात हर्स राइडिङ हुन्छ । झोङ गुफामा पनि पुग्ने अबसर मिल्यो । लोमाङथाङ फर्किएर फुवा, थोङ्गार, छोनुप पुगियो । यो ठाउँमा कमै मात्र पर्यटकहरु जाने गरेका रहेछन् । तर, हामीलाई यो गाउँको सुन्दरताले निकै लोभाग्यो ।

Mustang nepal (18)
११ दिनको यात्राका क्रममा हामी भकमारमा पुग्यौं, जहाँ रातो चट्टानहरु छन् । भकमारको अर्थ स्थानीय भाषामा रातो चट्टान हुँदा रहेछ ।

मुस्ताङ अहिले एकदमै घमाइलो छ । तर, जोमसोमदेखि माथि गएपछि पसिना भने आएन । चिसो हावा लागेका कारण घाममा पनि ज्याकेज लगाएर हिड्नु पर्ने अवस्था रहेछ ।
Mustang nepal (12)
मुस्ताङ पुग्दा अर्कै संसार पुगे जस्तो लाग्छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पले मुस्ताङको राजाको दरबार चर्किएको रहेछ, यसले त्यो त्रासदीपूर्ण समयलाई फेरि सम्झायो । नजिकै तिजी फेस्टीवल हुने एक्यापको कार्यालय भत्किएको छ ।

अहिले त्यहाँ फापर फुलेको छ । हरियाली छ । त्यहाँको सुन्दरता वर्णन गरी साध्य छैन् । एक पटक पुग्नैपर्ने ठाउँ हो मुस्ताङ । तल्लो मुस्ताङ मात्र जानु भयो भने मुस्ताङको सुन्दरता २० प्रतिशत मात्र थाहा हुन्छ । अपर मुस्ताङ जानु भएन भने तपाईको यात्रा अपुरो हुन्छ ।

Mustang nepal (19)

Mustang nepal (2)

Mustang nepal (3)

Mustang nepal (4)

Mustang nepal (5)

Mustang nepal (6)

Mustang nepal (7)


Mustang nepal (9)

Mustang nepal (10)

Mustang nepal (11)

Mustang nepal (12)

Mustang nepal (13)

Mustang nepal (14)

Mustang nepal (15)

Mustang nepal (16)

Mustang nepal (17)


Mustang nepal (20)

Mustang nepal (21)

Mustang nepal (22)

Mustang nepal (23)

Mustang nepal 24

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?