Comments Add Comment

ईपीएसको श्रम सम्झौता दुई वर्षका लागि नविकरण

१२ भदौ, काठमाडौं । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस)को श्रम सम्झौता नविकरण भएको छ ।

nepal-and-koreaकोरिया भ्रमणमा रहेका श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ र त्यहाँको श्रम मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नयाँ सम्झौता २ वर्षको छ ।

नेपालका श्रम राज्यमन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन आग्रह गरेका छन् ।

साथै उनले ईपीएसको उमेर हद १९ लेखि ४५ वर्षसम्म बनाउने र इन्जिनियर, नर्स लगायतका दक्ष कामदारलाई रोजगारी दिन पनि प्रस्ताव गरेका छन् ।

नेपालको प्रस्तावमा कोरियाली पक्ष साकारात्मक रहेको नेपाली अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment