Comments Add Comment

गोदावरी मेलामा एकैदिन दुई लाख दर्शनार्थी

१३ भदौ, काठमाडौं । ललितपुरको गोदावरीमा जारी १२ वर्षे गोदावरी सिंहस्त महामेलाको बाह्रौ दिन करिब २ लाख तिर्थालुहरुले मेला भरेका छन् । साथै करिब १० करोड बराबरको कारोबार समेत भएको अनुमान गरिएको छ ।

Godabari-Melaभदौ महिनाभर संचालन हुने उक्त मेलामा विगतका एघार दिनमा करिब ८ लाखले मेला भरेकोमा शनिवार भक्तालु तथा दर्शनार्थीहरुको निकै घुइँचो थियो । सिंहस्त महामेला पर्वका साथ जनैपूणिर्मा परेकाले राति बाह्र बजेबाटै मेलामा स्नान गर्नेको भिड लागेको थियो । विहान ३ बजेसम्म मन्दिर परिसर भित्रको ढुंगेधारा र कुण्डमा स्नान खुला गरिएकोमा त्यसपश्चात बाहिरको लामकुण्डमा मात्र स्नान गर्न अनुमति दिइएको थियो । रातको समयमा भिडलाई ब्यवस्थित गर्न हम्मे-हम्मे परेको थियो ।

यस वर्ष भूकम्पका कारण मेलामा अपेक्षा गरेअनुसारको दर्शनार्थी तथा आन्तरिक पर्यटकहरु कम आउने अनुमान गरिए तापनि शनिवारको मेलाले सबै अनुमानहरु गलत सावित गरिदिएको छ ।

सातदोबाटोबाट दश किलोमिटरको दुरीमा रहेका मेला स्थलमा आउनको लागि दर्शनार्थीलाई केही जाम सहनुपरेको थियो । ललितपुरको लगनखेलबाट गोदाबरीसम्मको भाडा २७ रुपैयाँ तोकिएको छ । तर, केही सवारी चालकहरुले तोकिएको भन्दा धेरै भाडा लिएको पाइएपछि ट्राफिक प्रहरीले भाडादर अंकित साइनबोर्ड ठाउँ-ठाउँमा राखेको छ ।

मेला अवधिभर ५० लाखको भ्रमण हुने मेला ब्यवस्थापन समितिले अनुमान गरेको प्रचार प्रसार संयोजक श्याम घिमिरेले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment