Comments Add Comment

अब विश्वविद्यालयमै सेल्फी कोर्स

selfee

मानिसहरुमा आफ्नो फोटो आफैले खिच्ने अर्थात् सेल्फीको क्रेज दिनदिनै बढिरहेको छ । मानिसहरु आफ्नो पर्फेक्ट सेल्फी खिच्नका लागि होडबाजी गर्छन् । राम्रो सेल्फी लिनका लागि विभिन्न तरिका अपनाउँछन्, राम्रो भन्दा राम्रो क्यामरा प्रयोग गर्छन् अनि सेल्फी स्टिक पनि ठड्याउँछन् ।

यहीँ कारण होला गत वर्ष सेल्फी भन्ने शव्द ‘वर्ष शव्द’ बन्न सफल भएको थियो । सेल्फीको यहीँ क्रेज तथा लोकपि्रयतालाई क्यास गर्दै अमेरिकामा अब कलेजहरुमै सेल्फीको पढाइ हुने भएको छ ।

कतिपय अमेरिकी विश्वविद्यालयले कलेज स्तरको पाठ्यक्रममा सेल्फीको विषय पनि समावेश गरेका छन् । यसमा सेल्फीको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा गराइनेछ ।

इण्डियाना युनिभर्सिटी नर्थ वेष्ट कम्युनिकेसनका प्राध्यापक इभ बोट्याण्डोले यो वर्ष विश्वविद्यालयमा सेल्फी विषय थप गरिनेछ र त्यसमा ४ वटा वटा कक्षा संचालन हुनेछन् ।

युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका मार्क सी म्यारिनोले आफ्नो कक्षामा सेल्फीको पढाइ सुरु गरिसकेका छन् । उनले विद्यार्थीहरुलाई सेल्फी खिचेर त्यसको विश्लेषण गर्न अह्राइसके । यसबाट विद्यार्थीमा सेल्फीको सामाजिक आर्थिक चरित्र, प्रभाव तथा त्यसको अर्थका विषयमा विश्लेषण गर्ने उद्धेश्य उनको छ ।

सेल्फी क्लास नामको उक्त कोर्समा विद्यार्थीलाई सेल्फी विश्लेषणका विषयमा लेखेर बुझाउनु पर्नेछ । यो कोर्सलाई १५० वर्डस् राइटिंग, क्रिटिकल रिजनिङ तथा आइडेन्टिटी र डाइभर्सिटी लगायतका भागमा बाँडिएको छ । सेल्फीका बारेमा बुझ्नका लागि बौद्धिक जमातले एउटा अन्तराष्ट्रिय समूह पनि बनाएको छ, जसले रिसर्चका माध्यमबाट सेल्फीको सामाजिक, सांस्कृतिक महत्व बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment