Comments Add Comment

स्कर्टिङका गाडीमा पनि ढुंगा प्रहार

१४ भदौ, झापा । राजमार्गमा राति प्रहरी स्कर्टिङ गरी सार्वजनिक सवारीसाधन सञ्चालन गरिएपनि अधिकांश गाडी गन्तव्यमा सग्ला नपुगेको गुनासो यातायात व्यवसायीले गरेका छन् । करिब तीन सातादेखिको बन्दका कारण पूर्व-पश्चिम राजमार्गमा सहज रुपमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

झापाको बुधबारबाट काठमाडौं रुटमा चल्ने फिफा डिलक्सका चालक हरिराम थापाले भने, ‘आफूले चलाएको गाडीमा बाहिरबाट ढुंगा बर्सिदा मुटुमै हानेजस्तो अनुभूति हुन्छ । भक्कानो फुटेर आउँछ ।’ उनले चलाउने बसले केह ििदनअघि यात्रु लिएर काठमाडौं जाँदा सुनसरीको भान्टाबारीमा आन्दोलनकारीको ढुंगा खानुपर्‍यो । थापाले भने स्कर्टिङमा अत्यधिक गतिमा गुडिरहेको गाडीमा अचानक ढुंगा आयो भने कसरी यात्रुलाई बचाउने भन्ने चिन्ता छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment