Comments Add Comment

अनिद्रा बढाउँदैछ ग्याजेटले

russia_blogers_laptop
किशोर किशोरीहरुमा पछिल्लो समय बढ्दै गएको निद्रा नै नलाग्ने वा गहिरो निद्रा नपर्ने समस्याको मुख्य कारक विभिन्न खाले विद्युतिय ग्याजेटहरुको प्रयोग रहेकोे एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार किशोर किशोरीहरुले दिउँसो वा बेलुकीको समयमा जति धेरै समयसम्म ट्याबलेट वा स्मार्टफोन जस्ता ग्याजेट चलाउँछन् उनीहरुको रातको निँद्रामा उति नै असर पुग्दछ ।

नर्वेका शोधकर्ताहरुले १६ देखि १९ वर्ष उमेरका १० हजारजना किशोर किशोरीमा यस्तो अध्ययन गरेका थिए । शोधकर्ताहरुका अनुसार स्कुल वा कलेजबाट घर फर्किसकेपछि किशोर किशोरीहरुले यस्ता ग्याजेटहरुमा २ घण्टा भन्दा बढि समय बिताउनु कम निद्रा वा अनिद्राको कारण बन्नसक्छ ।
book_sleep
अध्ययनमा सहभागी गराइएका सबैजसो किशोर किशोरीहरुले आफुले सुत्नुभन्दा अगाडि स्मार्टफोन वा ट्याबलेट जस्ता ग्याजेटको प्रयोग गर्ने गरेको बताए । उनीहरु मध्ये धेरैको गुनासो थियो की उनीहरु रातमा ५ घण्टा भन्दा पनि कम समयसम्म मात्र निदाउन सक्छन् । जब उनीहरुलाई सुत्नु अगाडिसम्मको अवधिमा कति समयसम्म ग्याजेट चलाउँछौ ? भनेर सोधियो तब ती मध्ये अधिकांस किशोरीहरुले साढे ५ घण्टासम्म टेलिभिजन, कम्प्युटर वा स्मार्टफोनको प्रयोग गरेर बिताउने गरेको बताए ।

ग्याजेट प्रयोग गर्ने मामिलामा किशोरहरु केही अगाडि देखिए । जसले विद्युतिय उपकरणको पर्दा अगाडि दैनिक छ सात घण्टा बिताउने गरेको पाइयो । किशोरीहरुमा सबैभनदा लोकप्रिय कम्प्युटर गेम्स रहेको पाइयो भने किशोरहरुले च्याटिङ गरेर सबैभनदा धेरै समय बिताउने गरेको पाइयो ।

शोधकर्ताहरुले धेरै समयसम्म ग्याजेट प्रयोग गर्ने किशोर किशोरीहरुमा निद्रा नलाग्ने मस्या बढि रहेको पाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment