+
+
Shares

यसपालिको रोपाइँ गत वर्षभन्दा धेरै

१४ भदौ, काठमाडौं । बितेको वर्षको तुलनामा यसवर्ष बढी क्षेत्रफलमा धान रोपाईँ भएको छ । देशभर ९७ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइ सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १४ गते ११:२७

Dhan-Ropai

रविन्द्र घिमिरे
१४ भदौ, काठमाडौं । बितेको वर्षको तुलनामा यसवर्ष बढी क्षेत्रफलमा धान रोपाईँ भएको छ । देशभर ९७ प्रतिशतभन्दा बढी क्षेत्रमा रोपाइ सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

साउनको अन्तिम र भदौको पहिलो साता भएको वर्षाका कारण धेरै किसानले धान रोपाईँ गर्न पाएका हुन् । मुख्य सिजन असार र साउनमा उल्लेख्य वर्षा नहुँदा तराईका विभिन्न क्षेत्रमा धान रोपाइँ प्रभावित भएको थियो । तर, पछिल्ला दुई साता भएको लगातार वर्षाले सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत दिएको छ ।

‘मुख्य मनसुन अवधिमा धेरै पानी नपरेपछि तराईका खेत बाँझै रहने चिन्ता थियो,’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने, ‘तर, पछिल्ला दुई साता धेरै क्षेत्रमा धान रोपाईँ भएको रिर्पोट पाएका छौं ।’

गत शुक्रबार सम्मको रेकर्डअनुसार देशभर १४ लाख ४५ हजार ३ सय १२ हेक्टर क्षेत्रफलमा रोपाइँ भईसकेको ठाकुरले जानकारी दिए । जबकि गत वर्ष १४ लाख २० हजार १ सय ९६ हेक्टर क्षत्रेफलमा वर्षे धान रोपिएको थियो । अझै पनि केही क्षेत्रमा धान रोपाइँ जारी रहेकाले यसवर्ष झण्डै १४ लाख ४८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सक्ने मन्त्रालयको अनुमान छ ।

देशभर ९७ प्रतिशत भन्दा बढी क्षेत्रमा रोपाइँ भईसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । २०७० सालमा देशभर अहिलेसम्मकै सबैभन्दा बढी १४ लाख ८७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

उत्पादन खासै नबढ्ने

उदयचन्द्र ठाकुर
उदयचन्द्र ठाकुर

रोपाईं धेरै भए पनि उत्पादन भने खासै नबढ्ने देखिएको छ । असार र साउनको खडेरीले सुख्खा लागेका क्षेत्रमा पहिले रोपिएका धान प्रभावित भएकाले उत्पादनमा ठूलो बृद्धि नहुने ठाकुरले बताए ।

‘छिप्पिएको बिऊ रोपिएका कारण पनि उल्लेख्य रुपमा उत्पादन बढ्दैन होला,’ ठाकुरले भने । अघिल्लो वर्ष ४७ लाख ८८ हजार ६ सय १२ मेटि्रक टन धान उत्पादन भएको थियो ।

गत वर्ष यो परिमाण ५ प्रतिशत अर्थात करिब २ लाख ५८ हजार मेटि्रक टन घटेको थियो । गतवर्ष नेपालको उत्पादनले नधानेपछि झण्डै २५ अर्ब २४ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?