Comments Add Comment

गोली चलाएर समस्या समाधान हुँदैन : राजेन्द्र महतो

१५ भदौ, पर्सा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोली चलाएर समस्या समाधान नहुने बताएका छन् । राजनीतिक समस्या समाधान गर्न सरकारले वार्ताको वातावरण बनाउनुपर्ने महतोले माग गरेका छन् ।

Rajendra-Mahota-Presedent-of-Sadvabana-Party‘गोली चलाएर, कर्फ्यु लगाएर समस्या समाधान हुँदैन’ महतोले मंगलबार वीरगञ्जको सडकमा उभिएर मिडियासँग भने-‘वार्ताको माहौल बनाउनुपर्ने हो, हामीले पत्र पनि दिएका हौं, तर सरकारले वातावरण बनाइराखेको छैन, उल्टो गोली चलाएर भड्काउने काम गरिरहेको छ ।’

अहिले भइरहेको आन्दोलनलाई गम्भीरतापूर्वक लिँदै राजनीतिक रुपमा समस्या समाधान गर्न महतोले सरकारसँग आग्रह गरेका छन् ।

वार्ताका लागि तीनवटा ठूला पार्टीले संविधान निर्माणको प्रक्रियालाई रोकेर वार्ता गर्नुपर्ने र सुरक्षा परिचालन रोक्नुपर्ने महतोले बताए ।

वीरगञ्जमा सोमबारदेखि भइरहेको प्रदर्शनमा सदभावना अध्यक्ष महतो लगायतका नेताहरुले प्रत्यक्ष नेतृत्व गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment