Comments Add Comment

गीत-सोध्छन् मलाई कहाँ हो घर

Bhagawat-Acharyaभागवत आचार्य
सोध्छन् मलाई ‘कहाँ होला तपाईंको घर’
आफ्नै घर बताउन लाग्यो मलाई डर ।

मङ्गोलको प्रदेश भन्छन् मधेस, थारुवान
को देखाउला नेपालीको देश पहिचान
अनायासै आफ्नै देशमा हराएछ घर
आफ्नै घर बताउन लाग्यो मलाई डर ।

कोर्दैछु म आज नक्सा सिङ्गो नेपालको
गौतमबुद्ध निदाउने शिर हिमालको
बताइदेऊ न कहाँ भन्ने मैले मेरो घर
आफ्नै घर बताउन लाग्यो मलाई डर ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment