Comments Add Comment

बुधबार भारत बन्द, हाजिर नहुने कर्मचारीको जागिर जाने

१५ भदौ, काठमाडौं । बन्द र हडतालको समस्या नेपालमा मात्रै होइन, नरेन्द्र मोदीले नेतृत्व गरेको भारतमा पनि बन्दको राजनीतिले लफडा हुने गरेको छ । यसैवीच बुधबार घोषणा गरिएको भारत बन्दका दिन कार्यालयमा उपस्थित नहुने सरकारी कर्मचारीको जागिर खोसिने मोदीले सर्कुलर गरेका छन् ।

नेपालमा बन्द र हडतालका दिन कतिपय कर्मचारीहरु यातायतको समस्या देखाउँदै कार्यालयमा जाने गरेका छैनन् । तराई मधेसमा कैयौं हस्तादेखि सरकारी कार्यालयहरु खुलेका छैनन्, जसले गर्दा सरकारी कर्मचारीलाई हाइसञ्चो भइरहेको छ भने सेवाग्राही मारमा परिरहेका छन् ।

तर, भारतमा अबदेखि बन्दको निहुँमा सरकारी कार्यालयमा हाजिर नहुने कर्मचारीको त्यसदिनको तलब काटिदिने मोदीले घोषणा गरेका छन् ।

यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो घोषणा गरेकी थिइन् । बन्द र हडतालका दिन अनिवार्यरुपमा सरकारी कर्मचारीले कार्यालयमा हाजिर भएर काम गर्नुपर्ने ब्यानर्जीले केही महिना अघि उर्दी गरेकी थिइन् ।

अहिले मुख्यमन्त्री ब्यानर्जीकै पदचापलाई पछ्याउँदै भारतीय प्रधानमन्त्री मोदीले पनि भारत बन्दका दिन कर्मचारीलाई अनिवार्यरुपमा कार्यालयमा हाजिर हुन सुर्कलर गरेको भारतीय मिडियामा समाचार छ ।

मोदी सरकारले हालै जारी गरेको श्रमसम्बन्धी नीति मजदुर विरोधी भएको भन्दै विभिन्न टे्रड युनियनहरुले बुधबार भारत बन्दको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment