Comments Add Comment

टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई आर्थिक सहयोग

१६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले कैलालीको टीकापुर घटनामा मृत्यु भएका दुईजना सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई आर्थिक सहयोग गरेको छ । मृतकका एक-एक जना सन्ततीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

support-of-APF

सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले एक-एक लाख रुपैयाँ नगद प्रदान गरेको छ । सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुर कैलाली मार्फत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार स्वर्गिय ललितबहादुर साउदको परिवारलाई तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दिया मार्फत सशस्त्र प्रहरी हवल्दार स्वर्गिय रामविहारी थारुको परिवारलाई रकम बुझाइएको छ ।

आवासीय सुविधासहित अध्ययनको व्यवस्था

यसैगरी मृतक सशस्त्र प्रहरीका एक-एक जना सन्ततीलाई सशस्त्र प्रहरी परिवार महिला संघले उनीहरुको अभिभावकको स्वीकृती भएमा काठमाडौं ल्याइ आवासीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने भएको छ ।

सो घटनामा प्रदर्शनकारीले प्रहार गरेको गोलीबाट सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदको करीब डेढ वर्षीय छोरा टेकबहादुर साउदको समेत मृत्यु भएको थियो । उनलाई समेत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

support-of-APF-1

कल्याणकारी सेवा केन्द्रले यसअघि मृतक दुवैजना सशस्त्र प्रहरी कर्मचारीका परिवारहरुलाई किरीया खर्चवापत तीस-तीस हजार रुपैयाँ प्रदान गरेको थियो । किरीया खर्चवापतको रकम सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत व्यवस्था गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत निर्जिवन दुर्घटना विमावापत चार लाख रुपैयाँ तथा सेवा अवधिभरको प्रत्येक वर्षको लागि वार्षक दुई हजार रुपैयाँका दरले रकम प्रदान गरिनेछ । यसैगरी मृतक सशस्त्र प्रहरी कर्मचारीको क्लोदिङ वापत जम्मा भएको रकम समेत प्रदान गरिनेछ ।

यसैगरी ड्युटीको सिलसिलामा मृत्यु भएका दुवै सशस्त्र प्रहरी कर्मचारीको नजिकको हकदारलाई कर्मचारी संचयकोषबाट नियमानुसार जम्मा भएको संचित रकमको अतिरिक्त कल्याणकारी योजना अन्तर्गतको विमा रकम ५० हजार तथा किरिया खर्चवापतको रकम २५ हजार र दुर्घटना क्षतिपूर्ति वापतको रकम ५० हजार समेत दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment