Comments Add Comment

ओलीको निर्देशन लगत्तै युवा संघद्वारा बदलाको चेतावनी

१७ भदौ,काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपालले तराई मधेसका जिल्लामा एमाले जिल्ला कार्यालय जलाउने,नेता तथा सभासदका घरमा आक्रमण गर्नेहरुको हिसाब किताब राखेर बदला लिने चेतावनी दिएको छ ।

yuba sang_2युवा संघ महासचिव राजिव पहारीले बिहीबार विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष केप ओली,तथा नेताहरु माधव नेपाल, झलनाथ खनाल, सत्यनारायण मण्डल, बैजनाथ चौधरी लगायतको नामै किटेर धम्की दिनेहरुलाई नछाड्ने जनाएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीले एमालेका कार्यलयमा आगजनी गर्ने र नेता सभादका घरमा आक्रमण गर्नेलाई सम्झाउन र सम्झाउदा नमाने ठेगान गलाउन चेतावनी निर्देशन दिए लगत्तै युवा संघको यस्तो चेतावनी आएको हो ।

युवा संघले शुक्रवार काठमाडौंमा बैठक राखेर तराई मधेसका जिल्लामा पार्टी कार्यालय तथा नेता कार्यकर्ता र जनताको सुरक्षामा युवा परिचालन गर्ने पहारीले बताए ।

त्यस्तै देशका अन्य ठाउँमा शान्ति र सामाजिक सद्भावका लागि र्‍याली आयोजना हुन लागेको उनले बताए । ‘एमालेमाथि आक्रमण गर्नेहरु सबैको पहिचान गरिसकेका छौं,तिनीहरुले राम्रोसँग हिसाब किताब चुकाउनुपर्नेछ’ पहारीले भने ।

पहारीले एमाले नेताहरुलाई धम्की दिने तथा कार्यालयमा आक्रमण गर्नेहरुलाई मधेशकै एमाले युवाले तह लगाउने उनले बताए । युवा संघले मधेश व्यूरोको बैठक समेत बोलाएको व्यूरो प्रमुख सन्जिव झाले बताए ।

एमाले अध्यक्ष केपी ओली,एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुको चरित्र हत्या गर्ने र जातीय समुदाय विरुद्ध घृणा फैलाउन आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेकोमा स्वागत गर्दै युवा संघले उनलाई साइबर अपराध अनुसार कारवाही हुनुपर्ने जनाएको छ ।

युवा संघले शीर्ष नेताहरुलाई भौतिक हमला गर्ने धम्की दिने राजकुमार लेखीलाई समेत कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ । ‘सरकारले यस्ता व्यक्तिहरुलाई कानुनी कारवाही गर्दैन भने हामी गर्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment