+
+
Shares

रोल्पामा एकै परिवारका चार जना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते १९:०१

१७ भदौ, लिवाङ । रोल्पाको राँक गाविसमा एकै परिवारका चार जना विहीबार मृत फेला परेका छन् । राँक गाविस ७ मा पर्ने स्यालापाखा जंगलको ओढार भित्र शव फेला परेका हुन् ।

Rolpa-Mapराँक गाविस २ की अन्दाजी ३७ बर्षीया पवित्रा राना, उनकी छोरी १४ वर्षीया पेउमाली राना, छोराहरु १० वर्षीय भीम र ८ वर्षीय गणेश ओढार भित्र मृत फेला परेका हुन् ।

पवित्रा छोरा छोरीसहित बुधबार माइत जान भनेर घरबाट हिँडेकी थिइन् । विहीबार अपरान्ह स्थानीयले ओढार भित्र उनीहरुको शव फेला पारेका हुन् । घटनास्थलमा दुई बोतल मेटासिट विषादी पनि फेला परेको छ ।

पाछावाङबाट प्रहरीको टोली घटनास्थल तर्फ लागेको छ । पाछावाङबाट घटनास्थल पुग्न चार घण्टा पैदल हिँड्नुपर्दछ ।
– इश्वरी जीएमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?