News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'राम नाम सत्य' २७ चैतदेखि एकल प्रदर्शनमा आउँदैछ र यसले नेपाली नयाँवर्षको अवसरमा रिलिज पाएको छ।
- फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिब्या रायमाझी लगायत कलाकारको अभिनय छ र दिब्याले आधुनिक राजकुमारीको भूमिका निभाएकी छिन्।
- अभिनेत्री दिब्याले फिल्ममा एक्सन, इमोसन, सस्पेन्स र प्रेम सबै रहेको बताइन् र दर्शकले मनोरञ्जन लिन सक्ने विश्वास व्यक्त गरिन्।
काठमाडौं । नेपाली नयाँवर्षको छेको पारेर २७ चैतदेखि प्रदर्शन तयारी रहेको फिल्म ‘राम नाम सत्य’ अहिले चर्चामा छ । यो फिल्म उक्त मितिमा एकल प्रदर्शनमा आउँदैछ ।
सो मितिमा आउने भनिएका अन्य नेपाली फिल्म नआउने भएपछि माइकल चन्द निर्देशित फिल्मले एकल रिलिजको अवसर पाएको हो । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ । टिजरले पनि दर्शकको साथ पाइरहेको छ ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिब्या रायमाझी, आयुषसिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारको अभिनय छ ।
यसैबिच, अभिनेत्री रायमाझीले फिल्मलाई लिएर उत्साह व्यक्त गरेकी छिन् । उनी भन्छिन्, ‘म फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’
फिल्ममा दिब्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । भन्छिन्, ‘फिल्ममा एक्सन भरपूर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोसन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’
दिब्याले फिल्म गज्जब बनेको बताउँदै भनिन्, ‘मैले मेरो फिल्म भनेर भनेको होइन । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले यो फिल्म हेरेर भरपूर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ ।’
यो फिल्ममा दिब्या सुशीलको जोडीको रुपमा छिन् । सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् । माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी छ ।
प्रतिक्रिया 4