Comments Add Comment

टीकापुरमा मारिएका प्रहरीका परिवारलाई १० लाख दिने निर्णय

१७ भदौ, काठमाडौं । नेपाल प्रहरीले टीकापुर घटनामा मारिएका ६ जना प्रहरीको परिवारलाई १०/१० लाख राहत दिने निर्णय गरेको छ ।

Nepal Policeप्रहरीको नीति समन्वय समितिको सिफारिसका आधारमा प्रहरी काल्याण कोषले राहतको निर्णय गरेको हो । घाइते कर्मचारीको निःशुल्क उपचार गर्ने र सन्तानलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता कमल सिंह बमले जानकारी दिए ।

टीकापुर घटनामा आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित ६ र सशस्त्र प्रहरीका दुई गरी ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

घटनामा प्रहरीका तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण नेउपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको मृत्यु भएको थियो ।

मृतक सुरक्षाकर्मीको परिवारका सदस्यलाई रोजगार र आयमुलक कार्यक्रममा पनि सहभागी गराउने निर्णय भएको प्रवक्ता बमले जानकारी दिएका छन् ।

यसअघि सशस्त्र प्रहरीले घटनामा मारिएका दुई हवल्दारका परिवारलाई १-१ लाख र सन्तानलाई आवासीय सुविधासहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment