Comments Add Comment

बिहीबारका टप १० समाचार: शान्ताको शंकटदेखि क्रिकेटको जितसम्म

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. धर्मशंकटमा शान्त चौधरी, भन्छिन्, सोझो श्रीमानविरुद्ध मुद्दा हालौं कि नहालौं ?

shanta chaudhary (1)

शान्ता चौधरी संघर्ष गरेर नथान्ने नेपाली चेलीको नाम हो । तर, उनी अब आफ्नो जीवनमा दुःख मात्र लेखेको छ कि क्या हो भन्छिन् । छोराछोरीको बिहे गर्ने उमेरमा श्रीमानले कान्छी श्रीमती ल्याएपछि उनी धर्म शंकटमा परेकी छन् ।

२. वार्ताबारे कांग्रेसमा दुई धार, सिटौला भन्छन्-संविधान जारी भएपछि मात्र वार्ता हुन्छ

आन्दोलनरत पक्षले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप लगाइरहेका बेला कांग्रेसमा दुई धार देखिएको छ । शेखर कोइरालासहितका नेताहरु संविधानसभाको प्रक्रिया रोकेए भएपनि वार्ता गर्नु पर्ने पक्षमा छन् । तर, महामन्त्री कृष्ण सिटौला भने अब संविधान जारी भएपछि मात्र वार्ता हुन्छ भन्न थालेका छन् ।

३. शेखर भन्छन्, थारु र जनजातिको माग जायज

सत्तारुढ कांग्रेसका नेता शेखर कोइराला मोरङबाट निर्वाचित भएका हुन् । पार्टीमा केही नेता वार्ताको विपक्षमा उभिएका बेला उनी भने मधेसीलाई बाहिर राखेर हुँदैन, उनीहरुको माग जायज छ भनिरहेका छन् ।

४. सिके राउत र ज्वालासिंह आत्तिए

मधेसमा विखण्डनको प्रचार र हिंसात्मक गतिविधि गर्दै आएका ज्वालासिंह लामो समयदेखि गुपचुप गिए । तर, मधेसमा आन्दोलन सुरु भएपछि उनले मधेसी नेताहरुविरुद्ध वक्तव्यबाजी सुरु गरेका छन् भने सीके राउत पनि उनकै पथमा देखिएका छन् ।

५. बैंकको चुक्तपुँजी बढाउन पनि फास्ट ट्राक

अहिले संविधान निर्माणमा फास्ट ट्राक विधि बनाइएको छ । तर, अब संविधान बनाउन मात्र होइन, बैक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुत्ता पुँजी बढाउन पनि फास्ट ट्राक विधि अपनाइने भएको छ ।

६. साउदी अरेबियामाथि शानदार जित, तर, उपविजेतामा सिमित

Nepal-U-19

मलेसियामा जारी एसीसी पि्रमियर क्रिकेटमा नेपाली युवा टोलीले साउदी अरेबियामाथि शानदार जित हात पारेको छ । तर, अफगानिस्तानलाई उछिन्दै च्याम्पियन बन्ने नेपाली किशोहरुको सपना भने पुरा भएन ।

७. आङकाजीलाई चार दिन थुन्न आदेश, साइबर क्राइमको मुद्धा चल्ने

फेसबुक स्टाटसका कारण पक्राउ परेका आङकाजी शेर्पा केही दिन थुनामै रहने भएका छन् । साथै उनीविरुद्ध साइबर क्राइमको मुद्धा चल्ने छ । यदि यसमा दोषी ठहरिए १ लाख जरिवाना र ५ वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

८. गौरमा निषेधाज्ञा तोड्न खोज्ने एमाओवादी कार्यकर्ता पक्राउ

दंगाग्रस्त क्षेत्र खारेजको माग गर्दै एमाओवादीले गौरमा प्रदर्शन गरेको छ । तर, प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

९. राम्रो काम गर्ने ठूला आयोजनाको हाकिमको सुरुवा नहुने

कर्मचारी सुरुवाका कारण प्राथमिकता प्राप्त आयोजनाहरुको काम प्रभावित हुने गरेको गुनासो थियो । तर, अब यसलाई सम्बोधन गर्न राम्रो काम गर्ने ठूला आयोजनाको प्रमुख, लेखा प्रमुखसहितका कर्मचारीको सरुवा नहुने भएको छ ।

१०. यसरी भइन संचिता ८० बाट ५२ किलो

sanchita

दुई सन्तानलाई जन्म दिँदा ८० किलो तौल थियो नायिका संचिता लुइटेलको । तर, केही मसयमा नै आफ्नौ तौल २८ किलो घटाएपछि संचिताको फिटनेशको खुबै चर्चा भएको छ ।

र, यो पनि,

लुगा फुकालेर प्लास्टिक ओढेर सेल्फी

ताइवानमा पछिल्लो दिनमा सेल्फीको नयाँ शैली चलेको छ । युवतीहरु केवल प्लास्टिकको झोला जिउमा लगाएर धमाधम सेल्फी लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment