Comments Add Comment

खाने हो युद्ध अपराधी आइसक्रिम ? चीनले त बनाइसक्यो

IceCrem

विभिन्न नाम तथा ब्राण्डका आइसक्रिमको बारेमा त सुन्नु तथा चाख्नुभएको होला । तर के युद्ध अपराधी आइसक्रिमको बारेमा सुन्नुभएको छ ? सुन्ने कुरै भएन । तर अब भने सुन्नुहुनेछ । किनकी चीनको एउटा आइसक्रिम कम्पनीले युद्ध अपराधी आइसक्रिम उत्पादन गरेको छ ।

चिनिया आइसक्रिम कम्पनीले दोश्रो विश्वयुद्धको ७० वर्षगाँठको अवसरमा एक युद्धअपराधीको मुखाकृतियुक्त आइसक्रिम उत्पादन गरेको हो ।

दोश्रो विश्वयुद्धमा युद्धअपराधीको रुपमा चिनिएका तत्कालिन जापानी प्रधानमन्त्री जेन हिदेको तोजोको टाउको आकारका १० हजार आइसक्रिम तयार गरेको छ ।

दोश्रो विश्वयुद्धमा चीनले छेडेको जापान विरुद्धको युद्धको सम्झनामा सांघाइको आइसक्रिम चेन आइसिजनले दोजोको टाउकोयुक्त आइसक्रिम उत्पादन गरेको चाइना डेलीको अनलाइन संस्करणले जनाएको छ ।

यी थ्री डी प्रिन्टेड आइसक्रिमको एउटाको मूल्य ३० युआन अर्थात् झण्डै ५ सय रुपैयाँ पर्दछ ।

सन् १९४१ देखि १९४४ सम्म जापानको प्रधानमन्त्री रहेका तोजोलाई सन् १९४८ को डिसेम्बरमा युद्ध अपराधको अभियोगमा झुण्डाएर मृत्युदण्ड दिइएको थियो ।
birds1
जापानी युद्धअपराधीको टाउको अंकित आइसक्रिम बनाएर दोश्रो विश्वयुद्धको सम्झना दिलाउने आइसक्रिम कम्पनीको यो कामलाई कतिपयले राम्रै मानेपनि धेरै नेटिजन्सहरुले भने खासै मन पराएका छैनन् । चिनिया सामाजिक संजाल वेइबोमा प्रतिक्रिया दिँदै चिनियाहरुले यस्तो युद्धअपराधी राक्षसको टाउकोलाई मुखमा राख्न नसकिने बताएका छन् ।

कतिपयले भने जोजोको उक्त टाउकोयुक्त आइसक्रिम झ्वाट्ट हेर्दा महात्मा गान्धीको अनुहार जस्तै देखिएको टिप्पणी गरेका छन् ।
दोश्रो विश्वयुद्धकोे समाप्तीको ७० औँ वर्षगाँठको अवसरमा चीनको बेइजिंगमा सेप्टेम्बर ३ मा भव्य सैनिक परेडको आयोजना गरिएको छ । उक्त सैनिक समारोहमा उड्ने सैनिक विमानका लागि चराले दखल नगरुन् भनेर बेइजिंगमा बाँदरको प्रयोग गरेर रुखमा रहेका चराका गुँड समेत भत्काइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment