Comments Add Comment

ज्योति मगरले दुबर्इमा बबाल मच्चाउने

रामप्रसाद ढुंगेल

दुबई । पछिल्लो समय चर्चामा आएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरले यूएर्इको दुबर्इमा बबाल मच्चाउने भएकी छन् ।  गत जुलाई ३१ मा सम्पन्न भएको फिस्टेल कन्सर्टको सफलतापछि करिब दुर्इ महिनाको अन्तरालमा फेरि हुन लागेको सांगीतिक कन्सर्टमा ज्योतिको बबाल प्रस्तुती रहने फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले बताए ।

फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले समिम खानको सहकार्यमा आगामी अक्टोबर २ तारिखमा फिस्टेल कन्सर्ट–२ आयोजना हुँदैछ ।

UAE-concertआफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा धमाका मच्चाउने आयोजक समिम खानले दाबी गरेका छन् ।

पछिल्लो समय तीज गीत ढाडे बिरालोमा ज्योतिको उत्तेजक नृत्यले निकै चर्चा बटुलेको छ । तीजको अवसरमा हुन लागेको कन्सर्टमा ज्योतिको हट पहिरनमा हट नृत्य देख्न पाइने छ ।

ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन् । त्यसरी नै अस्टेलियाबाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन् ।

नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोजक कार्कीले बताए ।

देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो श्रृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने दाबी गरेका छन् ।

यूएईको नेपाली समुदायमा छोटो समयमा सफल अर्गनाइजरको छवि बनाएका कार्कीले कतारमा विभिन्न सांगीतिक कार्यक्रमको सफल आयोजना तथा चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरिसकेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ७ महिनादेखि दुबईको फिस्टेल ट्राभलमा आबद्ध छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।

पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment