Comments Add Comment

सन्नीका कारण बलात्कार बढ्यो भन्ने नेताले माफी मागे

Sunny-Leoneमुम्बई । कण्डमको विज्ञापनको सन्दर्भमा आफ्नो आलोचना गर्ने कम्युनिष्ट नेता अतुल अन्जानलाई सन्नी लियोनीले ट्वीटरवाट जवाफ दिए लगत्तै अन्जानले माफी मागेका छन् ।

माफी मागे पनि अन्जानले आफ्नो बिरोध गर्ने र सन्नीको सपोर्ट गर्नेहरु अश्लिलताका पक्षधर रहेको आरोप लगाए ।

सन्नीले ट्वीटरमा लेखेकी थिईन् ‘यो दुःखको कुरा हो । सत्तामा बस्नेरु गरीब जतनालाई मद्दत गर्न छाडेर मेरो आलोचनामा समय र इनर्जी खर्च गर्दैछन् ।’

बिहीवार युपीको गाजीपुरमा आयोजित एक र्‍यालीमा सीपीआईका बरिष्ठ नेता अतुल अन्जानले सन्नी लियोनीको कण्डमको विज्ञापनका कारण भारतमा बलात्कारको घटना बढेको प्रतिक्रिया दिएका थिए ।

अन्जानको यो प्रतिक्रिया आए लगत्तै बीजेपी सांसद एवं गायक मनोज तिवारीले पनि सन्नीको बिरोध गरेका थिए ।

सन्नीको पटक पटक आलोचना गर्दै आएकी आईटम गर्ल राखी सावन्तले फेरि पनि सन्नीलाई देश निकाला गर्नुपर्ने कुरा गरेकी छिन् । सन्नीले आवश्यकता भन्दा बढी अंग प्रदर्शन गरेको भन्दै राखीले पहिला पनि सन्नीलाई देश निकाला गर्नुपर्ने कुरो गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment