Comments Add Comment

छोराका लागि नायिका भेट्ने रेखाले आफ्ना लागि हिरो पाइनन्

aasma-and-avash-with-rekha
नायिका रेखा थापाका लागि पर्दामा रोमान्स गर्ने नायकको कमी हुन थालेको छ । चलचित्रको पर्दामा जो नायक राखेपनि रेखा नै हाबी भएको पाइन्छ । यसैले पनि रेखाका लागि चलचित्रमा अपोजिट भएर काम गर्ने नायकको अभाव हुन थालेको छ । नायिका थापाले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’का लागि आफूसँग काम गर्ने नायक भेटेकी छैनन् । हुनत, देशका चर्चित नायकहरुले रेखासँग पर्दा शेयर नगरेके होइनन् । तर, पनि रेखाले आफ्ना चलचित्रमा धेरैजसो नयाँ अनुहारलाई नै प्राथमिकता दिएको पाइन्छ ।

रेखाले चलचित्रको छायांकन भदौ २१ गतेबाट गर्ने भनेतापनि मधेसको बन्दलाई मुख्य कारण देखाउँदै छायांकन पछि सर्ने संभावना छ । चलचित्रका लागि रेखाले आभाष अधिकारी र आश्मा डीसीलाई भने पक्का गरिसकेकी छिन् । आभाष रेखाको दिदीका छोरा हुन् । पर्दामा आभाष र आश्माको जोडी देखिनेछ । आश्मा र आभाष अहिले वर्कशपमा व्यस्त छन् ।

सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रले ट्याम्पु ड्राइभर महिलाको कथालाई उठान गर्नेछ । नारी प्रधान चलचित्र बनाउन माहिर मानिएकी रेखाले ‘रामप्यारी’लाई पनि यस्तै कथामा ढालेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment