Comments Add Comment

विकास बोर्डले मातृभाषी चलचित्रहरुको अभिलेख राख्ने

rk-rai
चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले आदिवासी जनजाति चलचित्रहरुको अभिलेख संकलन कार्य शुरु गर्न लागेको बताएका छन् । आदिवासी जनजातिका मातृभाषामा निर्मित चलचित्रहरुको सही अभिलेख नहुँदा राज्यको आँखामा ती चलचित्रहरु पर्न नसकिरहेको यथार्थलाई मनन गरि वोर्डले अभिलेख संकलन कार्य शुरु गर्न लागेको अध्यक्ष राईले बताए ।

बुधवार काठमाडौंमा ‘२० औं तामाङ चलचित्र दिवस’को अवसरमा बोल्दै अध्यक्ष राईले मातृभाषी चलचित्रकर्मीहरुलाई प्रोत्सहन गर्ने नीति बनाउने आश्वासन दिएका छन् । त्यसका लागि दर्ता प्रक्रिया, विमा र सेन्सर शुल्कमा समेत पुनःविचार गरिने उनले बताए । मातृभाषी चलचित्रहरुको सेन्सर गर्दा सम्बन्धित भाषाका विज्ञको अनिवार्य व्यवस्था गरिएको जानकारी दिदै अध्यक्ष राईले हाल लाग्दै आएको शुल्कमा सहुलियत कसरी दिने ? भन्नेबारे छलफल भैरहेको बताए ।

कार्यक्रममा तामाङ चलचित्रका सुरुवाती समयका पाँच चलचित्र निर्देशकहरुलाई विशेष सम्मानबाट सम्मानित गरियो । सम्मानित हुनेमा पहिलो तामाङ चलचित्रका निर्देशक जयनन्द लामा सहित निर्देशकहरु दीपेन्द्र दोङ तामाङ, सञ्जय लामा बल, विकास लामा र सुजन लामा छन् । यस्तै तामाङ चलचित्रको दुई दशक लामो इतिहासको अभिलेख संकलनमा योगदान पुर्‍याए वापत तामाङ चलचित्र अभिलेख पुस्तकका लेखक जयनकुमार मोक्तानलाई कदर पत्र प्रदान गरिएको थियो ।

तामाङ भाषाको पहिलो चलचित्र ‘सेमरी छोरङान’को २०५३ साल भाद्र १६ गते पहिलो प्रदर्शनी भएको दिनको सन्दर्भ पारेर तामाङ चलचित्र संघले तामाङ चलचित्र दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment