Comments Add Comment

संचितालाई आएन चित्तवुझ्दो फिल्मको प्रस्ताव

sanchita-luitel
नेपाली चलचित्र क्षेत्रमा ‘अप्सरा’ चलचित्रबाट प्रवेश गरेकी नायिका संचिता लुइटेल सधै चर्चामा छिन् । सधै नै विभिन्न कारणले चर्चामा रहने संचिता अहिले चलचित्र नगरिसँग कमै मात्र जोडिएकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल ३’मा खेलेपनि नायिका संचिता लुइटेल चलचित्र प्रचारको समयमा कमै मात्र हाइलाइटमा परिन् । उनै संचिता अहिले आफूलाई चित्त वुझ्दो चलचित्रको अफर नआएको बताउँछिन् । उनले आफूले कुनै पनि नयाँ चलचित्रमा काम गर्न नलागेको बताउँदै भनिन्-‘ चित्त वुझ्दो कथावस्तु नै आएको छैन ।’

उनले चलचित्र ‘अनामिका’मा काम गर्न लागेको बताउँदै अहिले यसको काम केही पछि सरेको बताइन् । नेपाली चलचित्रमा सर्वाधिक चर्चित रहेकी नायिका संचिताले पति निखिल उप्रेतीसँग पनि एकसाथ काम गर्ने योजना कुनै नभएको खुलाइन् । उनले ‘भैरव’ मात्र होइन जुनसुकै चलचित्र चल्दा पनि आफूलाई खुशी लाग्ने प्रतिक्रिया दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment