Comments Add Comment

मलेसियाको मालुरीमा एनआरएनको नयाँ कार्यालय

nrn malasya-openingरामचन्द्र नेपाल

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद एनसीसी मलेसियाको कार्यालय स्थापना गरिएको छ । मलेसियाको मालुरी भन्ने ठाउँमा एनआरएन एनसीसीको नयाँ कार्यालय स्थापना गरिएको हो ।

नयाँ कार्यालयका लािग एनआरएन आईसीसी सदस्य खगेन्द्रप्रसाद न्यौपानेले सम्पूर्ण सहयोग जुटाएका हुन् । कार्यालयमा अहिले एकजना कर्मचारी रहने र कर्मचारीको लागि आवश्यक पर्ने सवै खर्च अध्यक्ष शाहीले नै दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

nrn malasya-1शुक्रबार कार्यालयको उद्घाटन गर्दै एनआरएन केन्दि्रय सचिव रन्जना वाग्ले थापाले एनआरएन भित्र रहेर कसैले पनि राजनीति गर्न नहुने बताइन् ।

थापाले भनिन् ‘हामी राजनितिसँंग टाढा रहन सक्दैनौ तर एनआरएनभित्र रहँदा राजनीति नगरौं ।’ धेरै नेपालीहरु रहेको मलेसियामा श्रमिकहरुको समस्याहरु पनि धेरै नै रहेकाले नेपाली दुतावाससँग सहकार्य गर्दे अगाडि वढ्न उनले सुझाव दिइन् ।

कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव उत्तम शाहीले एनआरएनले गरेका सवै रचनात्मक काममा दूतावासको सहयोग रहेका बताए । उनले मलेसियामा श्रमिकका समस्याहरु धेरै भएका कारण एनआरएनले विशेष भुमिका खेल्नु पर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य खगेन्द्रप्रसाद न्यौपानेले आफूहरुले सधै श्रमिकको हितमा काम गर्ने वताउदै नयाँ कार्यालयको एक भागलाई सेल्टर हाउसको रुपमा राख्नको लागि आवश्यक कदम चालिएको वताए ।


एनआरएन मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहले सवैको सहयोगले एनआरएनलाई अगाडि वढाउनुपर्ने वताउदै आफू र आफनो टिमले सक्दो रुपमा नेपाली श्रमिकको हितमा काम गर्नको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

nrn malasya-2निर्वतमान अध्यक्ष शंकर वहादुर पौडेलले एनआरएनले लिएको नेपालीका लागि नेपाली भन्ने नारालाई सधै आत्मसाथ गर्दै अगाडि वढेको उल्लेख गरे ।

एनआरएन मलेसियाका महासचिव सुन्दर आले मगरको संचालनमा भएको कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यापारी, पत्रकार, रेमिट्यान्स ब्यावसायी, स्थानीय नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment