Comments Add Comment

दश लाख खर्च गरेर दश किलो घटिन् परिणती

parineeti
मुम्बई । सुरुमै बोल्ड सिन दिएर बलिउड प्रवेश गरेकी परिणती चोपडाले फिल्म रिलिजताक राम्र्रै चर्चा पाईन् । तर, उनको चर्चा दिगो हुन सकेन । उनको फिल्म हेर्नेहरुले ‘मोटी’ भनेर टिप्पणी गरेको थाह पाएपछि स्लिम बन्न दबाब पर्‍यो उनलाई ।

पछिल्लो ८ महिनामा १० किलो तौल घटाएकी छिन् उनले । १० किलो वजन घटाउन दश लाख रुपैयाँ खर्च भएको बताएकी छन् । भारतीय समाचार माध्यमले जनाए अनुसार अब उनी आलिया भट्ट र श्रद्धा कपुर जत्तिकै स्लिम भएकी छिन् । परीणीति संगै अर्जुन कपुरले पनि उनकै शैलि अपनाएका छन् ।

केवल डाईटिङ गरेर मात्रै उनले आफ्नो तौल घटाएकी हैनन् । अष्ट्रियामा मानिसको तौल घटाउने एउटा डटोक्स प्रोग्राम छ । परीणती त्यही कार्यक्रममा सहभागी भएकी थिइन् । केही समाचार एजेन्सीले उल्लेख गरे अनुसार हलिउड अभिनेत्री केट हड्सन, गोल्डी ब्राउन, बलिउड नायिका रानी मुखर्जी पनि यो कार्यक्रममा सहभागी थिए ।

pariniti-sleem

डेटोक्स प्रोग्रामलाई कतिपयले प्राकृतिक उपचार पद्धति जस्तै हुने बताएका छन् ।

यो पद्धतिमा सबै भन्दा पहिला शरीरको विभिन्न भागको जाँच गरिन्छ र शरीरमा देखिएको विभिन्न तत्वको आधारमा ६ महिनाको लागि खानाको चाट तयार गरिन्छ । यो डाईट चाटको मात्रै ३० दिनको १० लाखसम्म पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment