तराईमा गर्मी हुँदा पहाडले छाता देओस्
पहाडलाई भोक लाग्दा तराईले गास् देओस्
तराईको आँत सुक्दा हिमालको चिसो पानी
मिलिजुली नेपालीले बिताऔं जिन्दगानी
मातृत्वको स्नेह बुझौं स्तन काट्न हुन्न
दाजुभाइमा विवाद भए पराई डाक्नु हून्न
देश बाँडी हिँड्न खोज्दा नयाँ दशा लाग्ला
इतिहासको बचेखुचे अस्तित्व नै भाग्ला
गरीवि र अविकास हुन् हाम्रा परम शत्रु
जातजाती संघ प्रदेश थोत्रा विचार पत्रु
शक्ति लैजाउँ जरातिर नयाँ ढंगले केही
आफ्नै भूमि पराई नहोस् बात बुझौं यही
खेल्न खोज्लान् सम्वन्धमा हामीबीच कोही
षडयन्त्र यो नबुझेमा बस्नु पर्ला सँधै रोई
आपसमा लडाउन्या फिरंगीका पिछा छोड्न्या
आपसमा मिलिजुली समाधानका मार्ग खोज्न्या ।
– मुकुन्द अर्याल, स्याङ्जा
हाल काठमाडौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4