+
+
Shares

सोच्न्या, बुझ्न्या, गर्न्या

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते ११:२५

Mukunda-Aryalतराईमा गर्मी हुँदा पहाडले छाता देओस्
पहाडलाई भोक लाग्दा तराईले गास् देओस्
तराईको आँत सुक्दा हिमालको चिसो पानी
मिलिजुली नेपालीले बिताऔं जिन्दगानी

मातृत्वको स्नेह बुझौं स्तन काट्न हुन्न
दाजुभाइमा विवाद भए पराई डाक्नु हून्न
देश बाँडी हिँड्न खोज्दा नयाँ दशा लाग्ला
इतिहासको बचेखुचे अस्तित्व नै भाग्ला

गरीवि र अविकास हुन् हाम्रा परम शत्रु
जातजाती संघ प्रदेश थोत्रा विचार पत्रु
शक्ति लैजाउँ जरातिर नयाँ ढंगले केही
आफ्नै भूमि पराई नहोस् बात बुझौं यही

खेल्न खोज्लान् सम्वन्धमा हामीबीच कोही
षडयन्त्र यो नबुझेमा बस्नु पर्ला सँधै रोई
आपसमा लडाउन्या फिरंगीका पिछा छोड्न्या
आपसमा मिलिजुली समाधानका मार्ग खोज्न्या ।

– मुकुन्द अर्याल, स्याङ्जा
हाल काठमाडौं ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?