२६ भदौ, काठमाडौं । भारतको पटेलावदमा ग्यास सिलिण्डर विस्फोटमा मृत्यु हुनेको संख्या ८२ पुगेको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् ।
ग्यास सिलिण्डर विस्फोट भएको पटेलावदमा मध्य प्रदेश अन्तरगतको झाबुआ जिल्लामा पर्छ ।
शनिबार विहान बस स्ट्याण्ड नजिकैको होटलमा विस्फोट भएको अधिकारीहरुले बताएका छन् । विस्फोटको समयमा त्यहाँ मानिसहरुको भीड थियो । होटलमा अफिस जाने र स्कुलका बच्चाहरु नास्ताका लागि जम्मा भएका थिए ।
सुरुमा ग्यास सिलिण्डर पडि्कयो । होटल नजिकैको अर्को एउटा पलसमा पटका बनाउने विस्फोटक पर्दाथ थियो । त्यो पनि विस्फोट भएकाले ठूलो मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4