+
+
Shares

जहाँ आमाबुवा देखि छोराछोरी, सबै भाडामा पाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २ गते ११:३६

love

यो दुनिया विचित्रताले नै भरिएको छ । धेरै देशमा धेरै यस्ता घटना तथा चिजहरु हुन्छन् जसको हामीले कल्पना पनि गर्न सकिँदैन । के तपाइँले कहिल्यै भाडामा बच्चाबच्ची, भाडामै बावुआमा र भाडामै ब्रा तथा पेन्टीका बारेमा सुन्नुभएको छ ? सायद छैन होला ।

तर सूर्योदयको देश जापानमा भने तपाइँ हामीले सुन्दै नसुनेको यो कुरा हुँदै आएको छ । जापानी साइट रेन्टएवाइफओट्टावा डट कम नामक अनलाइन सपिंग वेबसाइटमा हरेक प्रकारका चिज तथा हरेक प्रकारका मानिस भाडामा उपलब्ध हुन्छन् । यो सपिंग साइटले यस्ता यस्ता चिज ग्राहकलाई भाडामा उपलब्ध गराउँछ जुन तपाइँले सोँच्न सम्म सक्नुहुन्न ।

यो अनलाइन सपिंग साइटले आफ्ना ग्राहकलाई भाडामा उपलब्ध गराउने चिज यस्ता छन्ः

भाडामा साथीः तपाइँलाई साथीको आवश्यकता छ तर आफ्नो साथमा कुनै साथी छैनन् भने यो साइटमार्फत तपाइँले निश्चित भाडा तिरेर अस्थायी साथी पाउन सक्नुहुन्छ । केटासाथी वा केटी साथी जे चाहनुभयो त्यहीँ पाउन सक्नुहुन्छ ।

भाडामा श्रीमतीः यो सायद दुनियामै यस्तो एउटामात्र साइट हो जसले भाडामा श्रीमती उपलब्ध गराउँछ अनि घण्टाको हिसाबमा पैसा असुल्छ ।

भाडामा ब्रा पेन्टीः के भित्रीवस्त्र पनि कसैले भाडामा लिएर लगाउलान् ? तर यो साइटले भने भाडामै अन्तरवस्त्र उपलब्ध गराउँदै आएको छ र ग्राहकहरु भाडामै लिन मरिहत्ते गरिरहेछन् ।

भाडामा बच्चाः यो वेबसाइटले तपाइँको बच्चाको आवश्यकता पूरा गरिदिन भाडामा बच्चा उपलब्ध गराउँछ ।

भाडामा होमवर्कः यदि आफ्ना बच्चालाई विद्यालयबाट दिइएको होमवर्क गराउने समय तपाइँसँग छैन भने यो वेबसाइटमार्फत छोराछोरीलाई होमवर्क गर्न सिकाउने मानिस समेत तपाइँले भाडामा पाउन सक्नुहुन्छ ।

यो वेबसाइटले भाडामा बुवाआमा पनि उपलब्ध गराउँछ । बुवाआमा नभएकाहरुले निश्चित रकम तिरेर निश्चित समयका लागि बुवाआमा भाडामा लिएर भएपनि आफ्ना अभिभावकको झल्को मेटाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?