मानिसका इच्छा पनि कस्ता कस्ता हुन्छन् भन्या ? एकजना युवकले सेल्फी खिच्नकै लागि अस्पतालको फुलटाइम जागिर छाडिदिएका छन् । कुनै सुन्दरी युवती सँग सेल्फी खिच्न थाल्दा अफिसको काम नै छाडेकाले हाकिमले जागिरबाटै निकालिदिए की भन्ने आशंका गर्नुहोला ।
तर होइन, उनले कुनै एक जनासँग सेल्फी खिच्नका लागि होइन । धेरै भन्दा धेरै सेल्फी खिचेर विश्व किर्तिमान कायम गर्ने ध्याउन्नमा आफ्नै मनमौजीले अस्पतालको अनुसन्धान सहायकको जागिर छाडिदिए ।
सेल्फीका लागि जागिर छाड्ने युवक हुन् भारतको हैदरावादका २४ वर्षीय भानु प्रकाश । सबैभन्दा धेरै सेल्फी खिचेको विश्वरेकर्ड कायम गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्यका साथ उनले आफ्नो हुँदाखाँदाको जागिर नै छाडिदिएका छन् ।
अहिलेसम्म अधिकतम सेल्फीको यो रेकर्ड अमेरिकी फुटबलर प्याटि्रक पिटरसनको नाममा छ, जसले एक घण्टामा १४४९ सेल्फी क्लिक गरेका छन् । भानुले आफ्नो रेकर्डका लागि एक घण्टामा १७०० वटा सेल्फी खिच्ने लक्ष्य लिएका छन् तर त्यसलाई बढाएर १८ सय सम्म पूराउने इच्छा पनि उनको छ । उनले अब छिटै गिनिज बुकमा नाम लेखाउनका लागि आफ्नो फाइनल सेल्फी प्रस्तुती दिँदैछन् ।
प्रतिक्रिया 4