२ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । शनिबार भएको खेलमा चेल्सीले ९ खेलाडीमा सिमित आर्सनललाई २-० ले पराजित गरेको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा आर्सनल पहिलो हाफको अन्तिममा १० खेलाडीमा सिमित भएको थियो । डिएगो कोस्टासँगको विवादमा आर्सनलका क्यालम चेम्बर्सले रातो कार्ड पाए ।
दोस्रो हाफको ५३ औं मिनेटमा चेल्सीका कर्ट जुमाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
खेलको ८० औं मिनेटमा सान्टी क्याजोलाले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाए । खेलको अन्तिममा इडेन हजार्डले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे ।
जितसँगै चेल्सी ६ खेलबाट ७ अंकसहित १२ औं स्थानमा छ । लिग लिडर म्यानचेष्टर सिटीभन्दा अझै ८ अंकले पछाडि छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी १५ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4