+

चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा

२०८२ चैत  १८ गते ८:२८ २०८२ चैत १८ गते ८:२८
चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेक रिपब्लिकले २० वर्षपछि फिफा विश्वकपमा स्थान बनाएको छ ।
  • डेनमार्कलाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै विश्वकपमा छनोट भएको हो ।
  • निर्धारित समय १-१ र अतिरिक्त समय २-२ गोल बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो ।

१८ चैत, काठमाडौं । युरोपियन राष्ट्र चेक रिपब्लिक २० वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन प्लेअफमा डेनमार्कलाई पेनाल्टीसुटआउटमा ३-१ ले पराजित गर्दै चेक रिपब्लिक फिफा विश्वकप २०२६ का लागि छनोट भएको हो ।

चेक रिपब्लिकले पछिल्लो पटक सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकप खेलेको थियो । त्यसयता पहिलोपटक खेल्ने भएको हो ।

निर्धारित समय १-१ र अतिरिक्त समयको खेलग २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिता पेनाल्टीसुटआउटबाट भएको हो ।

जहाँ चेकका चारमध्ये तीन खेलाडीले गोल गर्दा डेनमार्कका ३ खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । चेक रिपब्लिकका तोमस चोरी, तोमस साउसेक र माइकल सादिलेकले पेनाल्टीमा गोल गरे भने क्रेज्सीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस्तै डेनमार्कका क्रिस्टियन एरिक्सनले मात्र पेनाल्टीमा गोल गर्न सफल रहे भने रासमुस होजलुन्ड, आन्रेदस ड्रेयेर र माथिएस जेनसेनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

त्यसअघि चेक रिपब्लिकले दुई पटक खेलमा अग्रता लिएपनि डेनमार्कले बराबरी गोल फर्काएको थियो । पेल सुल्सले तेस्रो मिनेटमै गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । तर डेनमार्कका जोचिम एन्डरले ७२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयम बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय थपियो । लाडिस्ला क्रेज्सीले १००औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई फेरि अग्रता दिलाए । तर डेनमार्क फेरि खेलमा फर्कियो ।

क्यासपर होगले १११औं मिनेटमा गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो । त्यसपछि थप गोल नहुँदा पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लगाइएको हो ।

अब चेक रिपब्लिकले विश्वकप २०२६ मा समूह ए मा सह-आयोजक मेक्सिको, दक्षिण अफ्रिका र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय