कुनै समय चर्चित तथा व्यस्त नायकमा गनिन्थे रमित ढुंगाना, तर एकाएक हराए । केहि वर्ष अमेरिकामा बरालिएर फर्केका छन् उनी । पछिल्लो तीन वर्षमा तीस बढी चलचित्र ‘रिजेक्ट’ गरेको उनी बताउछन् । हाल ज्ञानेन्द्र देउजाको निर्देशनमा ‘बुद्ध बर्न ईन नेपाल’ नाम राखेर फिल्म बनाएका रमित अब निर्माण र अभिनयमा दुबैमा सक्रिय हुने योजनामा छन् । प्रस्तुत छ रमितका पाँच गोप्य कुरा उनकै शब्दमाः
१. म २३ नम्बरको सन्तान
मेरा आमाहरु चार जना हुनुहुन्थ्यो । मेरी आमा साँईली हो । मैले आफ्नो आमा बाहेक माईली आमालाई मात्रै देख्न पाएँ । म १२ जना दाजु र १० जना दिदीको कान्छो भाई । बाका सन्तानमध्ये म २३ नम्वरमा पर्छु । हामी पुरानो सिनामंगलमा बस्र्छौ । पुरानो सिनामंगलमा हाम्रै परिवारका ४५ घर जति छन् । मेरो भतिजाहरु म भन्दा जेठा छन् ।
२. १६ वर्षमा बिहे
आमा मुटुको रोगी हुनुहुन्थ्यो । दाई दिदीहरु सबैको विवाह भैसकेको थियो । बिहे गर्न बाँकी मेरो मात्रै थियो । आमाले मेरो बिहे गर्ने चाहना ब्यक्त गरेपछि धर्मसंकटमा परेँ, आमाको इच्छा पुरा गर्ने कि नगर्ने भन्नेमा । एसएलसी दिएर बसेको बेला मेरो मागी बिहे भयो । मेरो बिहेको दिन निकै पानी परेको थियो । मेरा सबै साथीहरु जन्ति गएका थिए । मेरो ससुराली भक्तपुर नजिकै रातोमाटोमा धेरैको छालाको टेक्दा जुत्ता बिगि्रएछ । दशजना जति साथीहरुले दाईसँग जुत्ताको पैसा लिएर गए ।
३. हरेक सोमवार ब्रत
म ड्राईभिङमा सोखिन छु । मैले १२ वर्षकै उमेरमा गाडी चलाउन सिकेको थिए । तर, अल्छि छु । मलाई हरेक दिन कम्तिमा आठ घण्टा सुत्नैपर्छ । एक्सरसाईज पनि परेपछि मात्रै गर्छु । म शिबभक्त हुँ । हरेक सोमवार ब्रत बस्छु ।
४. रक्सिको स्वाद थाह छैन
भन्दा मान्छेले पत्याउँदैनन्, तर रक्सीको स्वाद कस्तो हुन्छ मलाई थाह छैन । सुटिङका क्रममा केही पटक चुरोट पिएको छु । तर, म चुरोट तान्दिन, फुक्छु मात्रै ।
५. दशैंमा १० किलो मोटाउँछु
खाने मामलामा म सौखिन छु । कुखुराको मासु एकै पटकमा डेढकिलो सम्म खाईदिन्छु । ज्यान जति भद्दा भएपनि खानामा कुनै कन्ट्रोल गर्दिन । हरेक वर्ष दसैंमा १० किलोसम्म मोटाउने गरेको छु । भैंसीको मासु खाने गरेको छैन । एकपटक एकजना साथीले महाबौद्धमा रहेको कालुको रेष्टुरेन्टमा लगेर बफ मम खुवाएछ । मलाई केको मम खाएँ थाह थिएन । तर, मैले बफ खाएको अमित दाईले थाह पाउनु भएछ । अनि मलाई कुट्नु भयो । त्यसपछि आजसम्म बफ खाएको छैन ।
प्रतिक्रिया 4