Comments Add Comment

विराटनगरमा गोली चल्यो, घरमा बसिरहेका तीनजना घाइते

rinku kesari

  • रिङकी केशरी

ध्रुव भट्टराई

४ असोज, विराटनगर । विराटनगरको महाविर चोकमा बन्दकर्ताहरुले टायरबाली प्रदर्शन गरिरहेकाबेला प्रहरीले गोली चलाउँदा स्थानीय तीनजना घाइते भएका छन् ।

विराटनगर ७ स्थित महाविर चोकमा तनावपूर्ण स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाइ फायर गर्दा घरको छतमा बसीरहेका एकै परिवारका दुई दाजु-बहिनीसहित तीनजना घाइते भएका हुन् ।

घरको छतबाट प्रदर्शन हेरिरहेकाबेला २२ वर्षीया रिङकी केशरी, उनका दाजु २४ वर्षीय विशाल केशरी र १४ वर्षीय अजय सहनीलाई प्रहरीले चलाएको गोली लागेको हो । रिङकीको दायाँ कोखामा, विशालको बायाँ गालामा र सहनीको बायाँ खोकामा गोली लागेको छ ।

Bishal Keshari (1)
विशाल केशरी

उनीहरू सबैको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रहरी प्रमोद खरेलले जानकारी दिए । खरेलका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहँदा उनीहरू घरको छतमा बसेर हेरिरहेका थिए । स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्दा उनीहरूलाई गोली लागेको उनले बताए ।

यसैगरी प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी जवान सञ्जयकुमार मण्डल घाइते भएका छन् । प्रहरीले दमन गरेको विरोधमा महावीर चोकमा मधेस केन्द्रित दलका नेता-कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

Bishal Keshari (2)
अजय सहनी

प्रहरीका अनुसार गोली लागेर स्थानीय घाइते भएपछि प्रदर्शनकारीको समूह गोल्डेन अस्पतालमा पुगी अस्पताल चोकमा विरोध प्रदर्शन गरिरहेको छ ।

प्रहरीले भीड नियन्त्रण गर्न दुई दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो । भीड नियन्त्रण नभएपछि एक दर्जन बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले संयुक्त रुपमा हवाइ फायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment