+
+

प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते २०:४६

prachanda

४ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु भारतको ‘यस मेन’ नहुने बताएका छन् ।

नयाँ संविधान घोषणाको स्वागत गर्न सैनिक मञ्च टुँडिखेलमा सोमबार भएको आमसभामा प्रचण्डले भारतले खेलेको भूमिकाको कडा आलोचना गरे । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तुलानात्मकरुपमा नरम देखिए भने प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले चर्चा गर्न चाहेनन् ।

सरकारी आयोजनामा भएको आमसभामा प्रचण्ड पहिलो वक्ता थिए । उनले ‘नेपाली हामी रहुँदा कहाँ नेपाललै नरहे भन्ने माधवप्रसाद घिमिरे र एकयुगमा एक दिन एकचोटि आउँछ भन्ने कवि गोपालप्रसाद रिमालको कविता स्मरण गर्दै सम्बोधन सुरु गरे ।

थारु र मधेसीलाई वार्तामा आउन आहृवान गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले सम्वोधनको अन्त्यमा भारतीय भूमिकाको चर्को आलोचना गरे । उनले अरुको स्वतन्त्रतालाई सम्मान गर्न नसक्ने आफैं स्वतन्त्र नहुने बताए ।

भिडियो

भारतीय नेताहरुसँग के भन्न चाहन्छु भन्दै प्रचण्डले भने-‘हामी असल मित्रका रुपमा तपाईहरुको जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं । र हामी चाहन्छौं भारत सरकार र जनताले नेपालका जायज चिन्ता, चासो र आवश्यकतालाई त्यसरी नै सहयोग गरोस् ।’

उनले अघि भने- ‘मैले भनेको छु, हामी मित्र हुन चाहन्छौं । हामी फेरि कसैको पनि ‘एस म्यान’ अर्थात जे भन्यो, त्यही मान्ने नेपाली कहिल्यै भएनन् । कहिल्यै हुने छैनन् । यसलाई सम्मान गर्न विशेष रुपले अनुरोध गर्न चाहन्छौं ।’

वार्तामा आउन थारु र मधेसीलाई अपील

एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी, थारु, जनजाति समुदायमा केही प्रश्नहरु र गम्भीर असहमति देखिएको बताए । तर, मधेसी समुदायको धेरै माग सम्बोधन भएको भन्दै उनले वार्तामा आउन अपील गरेका छन् ।

Prachanda At Tudikhel Sava

सप्तरीदेखि पर्सासम्मको पहिचानमा आधारित प्रदेश बनेको, नागरिकताको मुद्दा सदाका लागि समाधान भएको तथा समानुपातिक समावेशीको मुद्दा सम्बोधन हुने क्रममा रहेको उनले बताए ।

उनले अघि भने-जहाँसम्म सीमाकंनको कुरा छ, यो वार्ताबाट सम्बोधन गर्न सकिन्छ । म तपाईहरुको जायज मागको पक्षमा निरन्तर लाग्ने विश्वास दिलाउँछु र वार्ताको टेबलमा आउन अपील गर्छु ।’

एमाओवादी अध्यक्ष प्रचण्डले थारु समुदायलाई पनि वार्तामा आउन अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?