४ असोज, काठमाडौं । संविधान घोषणा भएको ऐतिहासिक अवसरमा विशेष स्मारिका सिक्का निष्काशन हुने भएको छ । नेपाल राष्ट्र बैंकले २००० रुपैयाँ दरको चाँदीको सिक्का निष्काशन गर्ने निर्णय गरेको हो ।
यस्तै १०० रुपैयाँ दरको क्यूप्रोनिकेल धातुको स्मारिका सिक्कासमेत निष्काशन गरेर विक्री वितरण गर्ने राष्ट्र बैंकका सह-प्रबक्ता राजेन्द्र पण्डितले जानकारी दिए । राष्ट्र बैंकको यो निर्णय मन्त्रिपरिसदले पारित गरेपछि मात्रै कार्यान्वयन हुनेछ ।
राष्ट्र बैंकले विभिन्न अवसरमा स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4