४ असोज, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले राजीनामा दिएकै दिन सामाजिक सल्लाहकार डा. विजन पन्तले पनि सोमबार राजीनामा दिएका छन् ।
दुबै सल्लाहकारले राजीनामा दिनुको कारण एउटै छ । पत्रिकामा भारतविरुद्ध लेख लेखेको आरोपमा प्रधानमन्त्रीले दबाव दिएपछि दुबैले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रधानले रिपब्लिकामा भारतको आलोचना गरेर लेख लेखेका थिए । डा. पन्तले भारतीय भूमिकाको आलोचना गर्दै नयाँ पत्रिकामा लेख लेखेका थिए ।
स्रोतले भन्यो, ‘डा. पन्तले नयाँ पत्रिका दैनिकमा भारतीय भूमिकाबारे लेख लेखेपछि प्रधानमन्त्रीले भारतको दबावमा राजीनामा दिन लगाएका हुन् ।’
डा. पन्त प्रधानमन्त्रीको सल्लाहकारका रुपमा अवैतिकरुपमा कार्यरत थिए ।
राजीनामाको विषयमा सोध्दा उनले छोटो प्रतिक्रिया दिँदै भने-‘प्रधानमन्त्रीज्यूको सहयोगका लागि राजीनामा दिएको हुँ, म उहाँलाई भोलि पनि सहयोग गर्न तयार छु ।’
प्रतिक्रिया 4