४ असोज, काठमाडौं । नेपालस्थित आफ्ना राजदूतलाई दिल्ली बोलाएर दिनभर छलफल गरेको भारतीय बिदेश मन्त्रालयले सोमबार साँझ फेरि अर्को बक्तब्य जारी गरेर तराईमा भइरहेको आन्दोलन सुल्झाउन दबाब दिएको छ ।

संविधान जारी भएपछि ‘नेपालको अबस्थाबारे’ भारतीय बिदेश मन्त्रालयले जारी गरेको यो दोस्रो बक्तब्य हो । संविधान जारी भएलगत्तै हिजो साँझ जारी बिज्ञप्तिमा भारतले त्यसको स्वागत नगरी जानकारी मात्र पाएको बताएको थियो ।
सोमबार साँझ जारी बक्तब्यमा चाहिँ तराइमा भइरहेको आन्दोलनले नेपालमा आपूर्ति सेवा उपलब्ध गराइरहेका आफ्नो मुलुकका कम्पनीलाई समस्या परिरहेको र उनीहरुले सुरक्षाको प्रत्याभूति नभएको भन्दै चिन्ता जनाएको उल्लेख गरिएको छ ।
‘हिजो संविधान जारी भएसँगै भारतसँग सीमा जोडिएका नेपाली भूभागमा भइरहेको हिंसा र हत्याबाट हामीलाई गम्भिर र चिन्तित बनाएको छ ।’ बक्तब्यमा भनिएको छ- ‘हामीले नेपाली नेतृत्वलाई पटक-पटक यो आन्दोलनलाई साम्य पार्न अत्याबश्यक दकम चाल्न आग्रह गरिरहेका छौं, यदि हाम्रो सल्लाहलाई मानेको भए यस्तो गम्भिर अबस्था आउने थिएन् ।’
‘यो राजनीतिक चुनौतीलाई सामना गर्न नेपालका सवै पक्ष सहमतिमा पुग्नुपर्नेमा हामीले होसियारीपूर्व आग्रह गर्दै आएका थियौं’ बिदेश मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ-‘अहिले नेपालमा भइरहेको आन्दोलन राजनीतिक हो र यसलाई बल प्रयोग गरेर समाधान गर्न सकिन्न ।’
बक्तब्यको अन्त्यमा भनिएको छ- हामी अझै पनि आशा गर्दछौं कि नेपाली राजनीतिक नेतृत्वले यो समस्यालाई प्रभावकारी र विश्वसनीय ढंगले सम्बोधन गर्ने छ र जारी द्वन्द्व अन्त्य गर्ने छ ।’
२४ घण्टाभित्र दोस्रो बक्तब्य जारी गरेको भारतले यसपटक आपूर्ति ब्यबस्थाको कुरा उठाएर भारत तथा तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म हुने ढुवानीको सम्भावित अबरोधलाई संकेत गरेको छ ।
अपरान्ह मात्रै मुख्य तीन दलका शीर्ष नेताहरुले सैनिक मञ्चमा आमसभा गरी भारतलाई ‘असल मित्र’ बन्न सुझाव दिएका थिए ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति
यो पनि पढ्नुस्
उपेन्द्र यादवको चेतावनी : बन्दुकले दबाउन खोजे सिरियाको जस्तै हालत हुन्छ
तनाव बोकेर भारतीय राजदूत फेरि दिल्ली प्रस्थान
प्रचण्डले भारतलाई भने- हामी ‘यस मेन’ हुन चाहँदैनौं (भिडियोसहित)
प्रतिक्रिया 4