सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन्ट सेन्टर) को अध्क्ष्यमा कृष्ण पुरी चयन भएका छन् । आइतबार सम्पन्न सेन्टरको चैाथो अधिवेशनले पुरी लाई निर्विरोध चयन गरेको हो । कास्की पोखरा निवासी पुरी विगत तिन वर्ष देखि उक्त सेन्टरमा आवद्ध रहेर काम गर्दै आइरहेका थिए । मिलनसार र सक्रिय पुरी कोरियामा रहेका जुझारु युवामा पर्ने गर्दछन् ।
अध्क्षय पदमा निर्वाचित भईसके पछि पुरीले अग्रजहरुले देखाएको बाटोलाई आत्मासात गर्दै अझ स-सक्त तरिकाले सहयोग केन्द्रलाई अगाडि बडाउने बताए । कोरियामा यस सहयोग केन्द्रले लिएको उचाइलाई कहिल्यै घट्न दिने छुईन यो मेरो मात्र होइन सबै टीमको प्रतिबद्धता हो पुरीको भनाई थियो ।
नौ सदस्य कार्यसमितिका अन्यपदाधिकारिहरु वरिष्ठ उपाध्यक्षमा प्रविन गिरी , कोषाध्यक्षमा काजीमान तामांग र सह कोषाध्यक्षमा प्रदीप पंगेनी चयन भएका छन् । यसैगरि सचिवमा पान बहादुर खड्का सह सचिव- गणेश न्यौपाने चुनिएका छन् भने अन्य सदस्यहरूमा क्रमश गौरभ न्यौपाने , घनश्याम भुसाल , श्याम कृष्ण रेग्मी चुनिएका छन् । उता सो सेन्टरको समिति संरक्षकमा पूर्व अध्क्ष्य यादव खनाल र प्रमुख सल्लाहकारमा अर्का पूर्व अध्क्ष्य सुवर्ण चैालागाईलाई हलले सर्बसम्मत चयन गरेको छ । अन्य आवश्यक सदस्य र सल्लाहकार कार्यसमितिले थप गर्ने भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोरिया सन्देश क्लबका अध्क्ष्य मीनप्रकाश उप्रेती , अतिथिहरु जीवन थापा , गिताराम सपकोटा , निवर्तमान अध्क्ष्य बृजुबिक्रम थापा र योङ्ग स्टार ग्रुपका संथापक याम श्रेष्ठले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया 4