Comments Add Comment

प्रचण्ड र ओलीको प्रतिक्रियाले भारतसँगको सम्बन्ध सुधार्दैन : लोकराज

६ असोज, काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदुुत लोकराज बरालले प्रचण्ड र केपी ओलीले दिएको प्रतिक्रियाले भारतसँगको सम्बन्ध सुधार नहुने बताएका छन् ।

Lokraj-Baralसाथै उनले नेपालले आफ्नो आन्तरिक समस्या समाधान गरे नेपाल भारत सम्बन्ध पुरानै अवस्थामा फर्किने विश्वास ब्यक्त गरे ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने-‘खुल्ला सीमाना भएकोले मधेसमा आन्दोलन हुँदा भारतलाई पनि असर पर्ने भएकोले उसको प्रतिक्रिया आएको हो । हामीले उसको चासो संबोधन गर्न घरको समस्या मिलाए सम्बन्ध पुरानै अवस्थामा फर्किन्छ ।’

उनले अघि भने-यो हाम्रो आन्तरिक कुरा हो, त्यसैले हामीले नै यसमा ध्यान दिनुपर्छ ।’

भारतले प्रधानमन्त्री तहबाट सुरुदेखि नै सबैलाई मिलाएर समावेशी बनाएर लानुस् भन्दै आएको भन्दै उनले भने-‘हाम्रो गडबड भए उनीहरुलाई असर पर्ने भएकोले उनीहरुको कडा चासो छ । त्यसैले अलि लचिलो भएर आन्तरिक कुरा मिलाउनु पर्छ ।’

भारतका लागि पूर्व नेपाली राजदुुत बरालले भारतले अघि सारेको सात बुँदे प्रस्तावमा हुन नसक्ने धेरै नभएको बताए । हामीले अडान राखेर कन्जुस्याई गरेर राष्ट्र निर्माणमा अप्ठ्यारो हुनेे उनको धारणा थियो ।

ठूलो शक्तिको मनोविज्ञान बुझ्नु पर्ने आवश्यकता औल्याउँदै भने-‘भारत क्षेत्रीय शक्ति भएकोले त्यसको केही आकांक्षा हुन्छ । ठूलो शक्तिको मनोविज्ञान बुझ्नुपर्छ । पूर्व पश्चिम राजमार्ग चीनले बनाउने ठेक्का पाउँदा भारतले सीमा संबेदनशिलता देखाएर बनाउनु दिएन र अन्तमा भारतलाई नै दिनु पर्यो ।’

बरालले पछिल्लो समस्या समाधान गर्न नेपालमा हल्लाखल्ला गरेर भन्दा पनि स्मार्ट डिप्लोमेसी चाहिने बताए । उनले भने-‘एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली दिएको प्रतिक्रियाले सम्बन्ध सुधार हुँदैन । त्यस्तो कुरा गर्नु हुँदैन । नेपाल भारत सम्बन्ध जटिल छ ।’

भावनामा बहकिएर समस्या समाधान नहुने भन्दै उनले सम्बन्धको ऐतिहासिक, समाजिक, ब्यक्तिगत, राजनीतिक र भुगोललाई बुझे्नु पर्ने बताए ।

अहिलेको विषय नाकाबन्दी लाग्ने जस्तो एक्सटि्रम अवस्थामा भारत जाला जस्तो आफूलाई नलागेको भन्दै त्यसो भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बनाएको सद्भाव खतरामा पर्ने बताए ।

बरालले भने-‘भारतले मोदीले बनाएको सद्भाव खत्तम पार्छ जस्तो लाग्दैन । मोदीले नेपालमा धेरै पुँजी बनाएका छन् । त्यो विर्सेको भन्ने कुरा होइन । त्यस्तो भए नेपाल र भारत दुबै समस्यामा पर्छन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment