Comments Add Comment

नेपाली बैज्ञानिक लुजेन्द्रसहितको सफलता : मंगल ग्रहमा भेटियो बगिरहेको पानीको प्रमाण

नेपाल बैज्ञानिकसहितको टोलीले मंगल ग्रहको सतहमा बगिरहेको पानी विद्यमान रहेको तथ्य फेला परेको छ । यससँगै २५ वर्षका लुजेन्द्र ओझा नेपालका एक सफल वैज्ञानिक बनेका छन् ।

Lujendra-Ojhaलुजेन्द्रसहितको वैज्ञानिक टोलीले अमेरिकी अन्तरीक्ष संस्था नासाको भुउपग्रहका तस्वीर विश्लेषणका आधारमा मंगल ग्रहको सतहमा बगिरहेको पानी रहेको निष्कर्ष निकालेका हुन् । मंगल ग्रहमा तरल अवस्थाको पानीको उपस्थितिले यो ग्रह अहिलेपनि भौगोलिक रुपमा सक्रिय रहेको प्रमाणित भएको शोधकर्ताको भनाइ छ ।

मंगल ग्रहमा बगिरहेको पानी फेला पर्नुले त्यहाँ जिवनको सम्भावना बढेको बताइएको छ । वैज्ञानिक लुजेन्द्रसहितको शोधकर्ता समूहले गरेको अनुसन्धान अनुसार मंगल ग्रहको सतहमा देखिने गाढा धर्साहरु पानीको बहावसँग सम्बन्धित छन् ।

नासाको स्याटेलाइटबाट प्राप्त तस्वीरहरुका अनुसार भिरालोमा पाइने यस्ता संरचनाहरु नुनको थुप्रो हुन् । यस्तो नुनले मंगलको न्यून वायुमा पानीको जम्ने तथा बाफ हुने तापक्रममा फरक पारिदिने र सोही कारण मंगल ग्रहमा पानी तरल अवस्थामा बग्ने स्वरुपमा रहन सक्ने शोधकर्ताहरुको ठहर छ । नेचर जियोसाइन्स जर्नलमा यो शोध छापिएको छ ।

सोमबार जारी गरिएको यो खोजबाट मंगल ग्रहमा जिवनको संभावनाको बारेमा निष्कर्ष निकाल्न सकिनेछ किनकी तरल पानीको उपस्थितिले पानीमा कम्तिमा पनि सुक्ष्म जिवहरुको अस्तित्व रहने सम्भावना बढाएको छ ।Mangal-Graha

त्यस्तै सतहमा पानीको उपस्थितिले भविष्यमा मंगल ग्रहमा जाने अन्तरीक्षका लागि त्यहाँ बस्न सहज हुनेछ र मंगल अभियानको खर्च पनि घटाउनेछ ।

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा विद्यावारिधीका विद्यार्थी लुजेन्द्र ओझाले मंगल ग्रहमा पानीको सम्भावना रहेको प्रारम्भिक तथ्य यसअघि पनि पत्ता लगाएका थिए ।

यो पटक उनले नासाको मार्स रिकनेसेन्स अर्बिटर नामक स्याटेलाइटबाट प्राप्त मंगल ग्रहका तस्वीरको विश्लेषणका आधारमा नयाँ शोध तयार पारेका हुन् । यो स्याटेलाइटमा क्रिस्म नामक एउटा यस्तो उपकरण छ जसले सतहमा रहेका पदार्थहरुको रसायन पत्ता लगाउन सक्छ ।

पत्रकार सम्मेलनका क्रममा ओझाले मंगल ग्रहमा यस्ता धर्साहरु पहिले नै पत्ता लागिसकेको भएपनि ती धर्साहरुमा हुने पदार्थको रसायनको बारेमा यसअघि अनभिज्ञता थियो । तर, पछिल्लो शोधले भने त्यो पदार्थ नुन रहेको पत्ता लगाएको छ । नुनले पानीलाई जम्नबाट रोक्ने भएकाले मंगल ग्रहमा पानी बग्ने अवस्थामा रहने अनुमान वैज्ञानिकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment