Comments Add Comment

५० करोडको खाद्यवस्तु कुहिँदै

lasun१६ असोज, मोरङ । नेपाली व्यवसायीले दसैतिहारलाई लक्षित गरी चीनबाट आयात गरेको ५० करोड रुपैयाँ बराबरको खाद्य सामग्री सीमावर्ती भारतीय क्षेत्रमै कुहिन थालेको छ ।

भारतको कोलकाता बन्दरगाहबाट वातानुकूलित कन्टेनरमा हालेर ल्याइएका ठूला परिमाणका स्याउ, लसुन र प्याज कुहिन थालेका हुन् ।

व्यवसायी विजयकुमार अग्रवालका तोदीका अनुसार चिनियाँ लसुनमात्र २५ करोड मूल्यको ५० कन्टेनर भारतीय क्षेत्रमै अड्किएको छ ।

त्यस्तै १० करोड मूल्यको ३० कन्टेनर प्याज र १५ करोड मूल्यको ५० कन्टेनर स्याउ पनि कुहिन लागेको नयाँ पत्रिकामा खबर छ ।

भारतबाट लसुन, प्याज र स्याउ महँगो भएपछि नेपाली व्यवसायीले चीनबाट खाद्यसामग्री आयात गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment