Comments Add Comment

आईपीओकै पैसा फिर्ता लिँदैनन् लगानीकर्ता

१७ असोज, काठमाडौ । साधारण सेेयरका लािग आवेदन दिएका लगानीकर्ताले सेयर परेर बाँकी रहेको पैसा फिर्तासमेत नलिने गरेको पाइएको छ ।

nepali-noteसार्वजनिक निश्कासन (आईपीओ)मा आवदेन दिएका लगानीकर्ताले रकम फिर्ता नलैँजादा करोडौं रकम अलपत्र अवस्थामा छ । सेयरसम्बन्धी सामान्य ज्ञानसमेत नभई हौवाका भरमा बजार प्रवेश लगानीकर्तामा यस्तो समस्या अधिक छ ।

अर्कातर्फ बैंक खाता अनिवार्य गरिए पनि फिर्ता हुने रकमको चेक बुझ्न र बैंकमा जम्मा गर्न आफै जानुपर्ने झन्झटिलो ब्यवस्थाका कारणले पनि आईपीओको रकम फिर्ता हुन नसकेको कारोबार दैनिकमा खबर छ ।

केही वर्षअघिसम्म निश्कासन रकमको करिब ५ देखि १० प्रतिशतसम्म रकम फिर्ता नै नहुने क्रम रहे पनि अहिले यसमा केही कमी भने आएको छ । अहिले यो परिमाण घटेर १-२ प्रतिशतमा सीमित रहेको जानकारहरु बताउँछन् । आईपीओको काम गर्ने बिक्री प्रवन्धकले रकम फिर्ता गर्न शुरु भएपछिको एक महिनासम्म राख्ने गरेका छ ।

मर्चेन्ट बैंकर एशोसियसनका अध्यक्ष प्रवीणरमण पराजुलीले एक महिनापछि सम्बन्धित कम्पनीलाई नै रकम फिर्ता दिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment