+
+
Shares

स्मार्ट फोनमा बेलायती जासुस घुस्न सक्छन् : स्नोडेन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १५:०६

snowdenint

लन्डन । बेलायती जासुसहरुले दुर्गम ठाउँबाट सामान्य टेक्स्ट म्यासेज पठाएर कसैको फोन ह्याक गर्न तथा फोन मालिकको जानकारीबिनै फोटो खिच्न वा अडियो रेकर्ड गर्न सक्ने अमेरिकाका पूर्वगुप्तचर एडवर्ड स्नोडेनले बताएका छन् ।

‘उनीहरुलाई तपाईंलाई होइन, तपाईंको फोनलाई कब्जा गर्न चाहन्छन्,’ बीबीसीको पानोरामा कार्यक्रममा अन्तरवार्ता दिँदै सोमबार स्नोडेनले भने ।

बेलायतको सरकारी सञ्चार प्रधान कार्यालय (जीसीएचक्यू) को विषयमा उनी बोल्दै थिए ।

स्नोडेनको दाबीअनुसार जीसीएचक्यूले नीलो कार्टुन चरित्र ‘द स्मर्फ’ पछि ‘स्मर्फ सुइट’ प्रविधिको प्रयोग गर्दै आएको छ । स्नोडेनका अनुसार स्मर्फ नामको प्रविधिले जासुसहरुलाई फोन स्वीच अफ भएको बेलामा पनि अरुको स्मार्टफोनको माइक्रोफोन स्वीच अन गर्न सक्षम बनाउँछ ।

‘जीसीएचक्यूले प्रयोग गर्ने अर्को कार्यक्रमलाई ‘ट्रयाकर स्मर्फ’ र ‘डि्रमी स्मर्फ’ नाम दिइएको छ, जसले टाढाबाट कसैको फोन स्वीच अन वा अफ गरिदिन सक्छ,’ स्नोडेन भन्छन् ।

अमेरिकी गुप्तचर संस्थामा काम गरेका स्नोडेन जागिर छोडेपछि अमेरिकाका गोप्य सूचनाहरु लिक गरेर चर्चामा आएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?