Comments Add Comment

प्रमोदले जापानमा हंगामा मच्चाए

pramod-kharelनयाँ संविधान जारी भएकोमा असन्तुष्ट रहेको भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको बेला जापानवासी नेपालीले भने नयाँ संविधानको स्वागत गरेका छन् ।

संविधान बनेको खुसीयालीमा गृष्मा इन्टरटेनमेन्टको आयोजनामा जापानको विभिन्न शहरमा भएको कार्यक्रममा गायक प्रमोद खरेलले चर्चित गीत सुनाएका छन् । एनआरएन कन्साईको सहयोगमा २६ तारिखमा फुकुआयोमा सांगीतिक कार्यक्रम भएको थियो भने ६ तारिखमा ओशाकामा भब्य कार्यक्रम भयो ।

गायक खरेलले ‘हंगामा भो, उसले जति , म विना कसै कसैलाई’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए भने दर्शकहरु निकै रमाएका थिए । आउँदो ११ तारिखमा टोकियोमा कार्यक्रम गरेपछि कार्यक्रममा सम्पन्न भएको घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment