+

मनाङले झापालाई हरायो, उपाधि होड रोमान्चक

२०७२ असोज  २० गते १८:०१ २०७२ असोज २० गते १८:०१
मनाङले झापालाई हरायो, उपाधि होड रोमान्चक

Anil-Gurung

२० असोज, काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा अनिल गुरुङले गरेको गोलको मदतमा मनाङ मर्स्याङ्दीले झापा ११ माथि रोमान्चक जित हात पारेको छ ।

बुधबार भएको खेलमा मनाङले झापालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै मनाङ २५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र उपाधि होड निकै रोमाञ्चक भएको छ ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा झापा ११ ले १८ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा मनाङ खेलमा फर्कियो । ५७ औं मिनेटमा विसाल राई बीले बराबरी गोल फर्काए भने ७० औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा झापाका योगेश गुरुङले गोल गरे र खेल बराबरीतर्फ धकेलिने संकेत देखिएको थियो । तर, अतिरिक्त समय सकिन केही सेकेण्ड बाँकी छँदा काउन्टर अट्याकमा अनिलले गोल गर्दै मनाङलाई महत्वपूर्ण ३ अंक दिलाए ।

मनाङको जितले उपाधि होड पनि रोमाञ्चक भएको छ । शीर्ष चार टीमको अंक दुरी मात्र दुई छ । शीर्ष स्थानमा रहेको थ्रीस्टारको समान खेलबाट २६ अंक छ । मनाङ १३ खेलबाट २५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

तेस्रो स्थानमा रहेको आर्मीको २४ अंक छ । समान २४ अंक जोडेको झापाले एक खेल बढी खेलेको छ र गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय