+
+
Shares

दशैंमा रेमिट्यान्स पठाउँदै हुनुहुन्छ ? दररेट हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:०२

२४ असोज, काठमाडौं । विदेशमा रहने नेपालीले नेपालमा रेमिट्यान्स पठाउने मुख्य सिजन यही नै हो । दशैंलाई लक्षित गरी विदेशमा रहनेले अहिले धमाधम रेमिट्यान्स नेपाल पठाइरहेका छन् ।

rametanceतर, पछिल्लो समय मलेसिया सहितका खाडी मुलुकका मुद्राको बिनिमय दर नेपालमा कमजोर बन्दा धेरै विदेशमा रोजगारी गर्ने नेपालीलाई मर्का परेको छ । अमेरिकी डलरको मूल्य १ सय रुपैयाँभन्दा माथि जाादा धेरै नेपाली कार्यरत मुलुकको मुद्राको बिनिमय दर घट्दा बढी श्रमिक वर्ग प्रभावित छन् ।

कुन मुद्राको मुल्य कति ?

केही समयअघि २९ रुपैयाँसम्म पुगेको मलेसयन रिङगेटको रेट खरिददर आइतबार २५ रुपैयाँ १७ पैसा छ । विगत एकमहिना २४ रुपैयाँको हाराहारीमा रहेको मलेसियन रिङ्गेट जेनतेन २५ रुपैयाँ माथि उक्लिएको छ । राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको खरिददरमा २५ रुपैयाँ १७ पैसा भएपनि बाणिज्य बैंहरुले त्यसमा पनि घटाएर दररेट तोक्ने गरेका छन् ।

मलेसियन रिङ्गेट विस्तारै उकालो लागेपनि कतार, साउदी र युएईका मुद्राको सटही दर भने विगत एकमहिना यता सुस्त दरमा घट्दै गएको छ । एकमहिना अघि २७ रुपैयाा २३ पैसा रहेको साउदी रियालको खरिददर आइतबार २७ रुपैयाँ ५६ पैसामा झरेको छ ।

यसैगरी एकमहिना अघि २९ रुपैयाँ ८ पैसा रहेको कतारी रियालको मूल्य अहिले २८ रुपैयाँ ५४ पैसा छ । यस्तै २८ रुपैयाँ ८३ पैसा रहेको दुबइ दिहिरामको मूल्य २८ रुपैयाँ २३ पैसामा झरेको छ ।

मुद्रा १ महिना अघिको दर आइतबारको दर
कतारी रियाल (१) २९ रुपैयाँ ८ पैसा २८ रुपैयाँ ३८ पैसा
साउदी रियाल (१) २८ रुपैयाँ २३ पैसा २७ रुपैयाँ ५६ पैसा
दिहिराम (१) २८ रुपैयाँ ८३ पैसा २८ रुपैयाँ १४ पैसा
मलेसियन रिंगेट (१) २४ रुपैयाँ ५८ पैसा २५ रुपैयाँ १७ पैसा
कोरियन वन (१००) ८ रुपैयाँ ९६ पैसा ९ रुपैयाँ ५ पैसा

कोरियन वनको मूल्य भने समान्य बढेको छ । गत एक महिनामा प्रति एकसय कोरियन वनको मूल्य ८ रुपैयाँ ९६ पैसाबाट ९ रुपैयाँ ५ पैसामा आईपुगेको छ ।

एक महिनाको बीचमा मलेसियासहितको खाडी मुलुकको मुद्रामा थोरै उतारचढाव देखिएको थियो । तर, दशैंको मुखमा आएपछि भने मुद्राको अवमूल्यन हुादा वैदेशिक रोजगारीमा जानेहरु चिन्तित छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?