+
+
Shares

मकवानपुरमा खोलामा बगेका व्यक्तिको प्रहरीले गर्‍यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २१:३७
एआईद्वारा निर्मित प्रतिकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोलामा बहाव बढ्दा ४४ वर्षीय बिवय सिंह भोम्जन करिब १०० मिटर तल बगेका थिए।
  • प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको टोलीले साँझ ८:२० बजे घाइते अवस्थामा बिवय सिंहलाई उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ।
  • उनको लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

६ भदौ, काठमाडौं । मकवानपुरमा खहरे खोलाले बगाएका एक व्यक्तिको जिवितै उद्धार भएको छ ।

मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोला तर्नेक्रममा बहाव बढेर बगेका अन्दाजी ४४ वर्षीय बिवय सिंह भोम्जनको प्रहरीले उद्धार गरेको हो ।

काठमाडौंबाट फुलबारी घर फर्किँदै गर्दा शुक्रबार साँझ ७:३० बजेतिर खोलामा पानीको बहाव अचानक बढ्दा करिब १०० मिटर तल बगाएका थिए ।

घाइते अवस्थामा भेटिएका उनलाई प्रहरी चौकी ठुलोडमार, मकवानपुरबाट प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको ४ सदस्यीय टोलीले राति ८:२० बजे उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ ।

लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?