+
+
Shares

हजार घर बनाउन सरकार  र एनआरएनबीच सम्झौता 

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १८:००

२४ असोज, काठमाण्डौ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लाहरुमा एक हजार स्थायी निजी आवास निर्माणका लागि नेपाल सरकार र गैरआवासीय नेपाली संघवीच सम्झौता भएको छ ।

गैरआवासीय नेपाली दिवस २०१५ को अबसर पारेर आइतबार काठमाण्डौमा आयोजित बिशेष समारोहमा शहरी बिकाश तथा भवन निर्माण बिभागका महानिर्देशक रमेस प्रसाद सिंह र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्झौतामा हस्ताक्षर गरे ।

Shesh ghale (1)

 

सम्झौता पश्चात गैरआवासीय नेपाली संघले गरेको घोषणाअनुसार भूकम्प प्रभावित गाउँमा गएर स्थायी आवास निर्माणका लागि बाटो खुलेको छ ।

घर निर्माण स्थल सरकारले पछि तोक्ने बताएको छ । संघले मन्त्रालयले स्वीकृति प्रदान गरेको डिजाइनअनुसार भूकम्प प्रतिरोधक, वातारवण तथा स्थानीय संस्कृतिमैत्री घर निर्माण गर्नुपर्ने छ ।

गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पपछि तिब्रताका साथ राहत वितरण अभियानमा संलग्न भएको संघले सोही बखत ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषण गरेको थियो ।

‘हामी आजदेखि औपचारिकरुपमा पुन:निर्माण अभियानमा होमिएका छौं’ अध्यक्ष शेष घलेले भने–‘महाभूकम्पको घाउमा मल्हम लगाउन गैरआवासीय नेपाली संघले गरेको यो सानो कोसिसका रुपमा बुझिदिनु होला ।’

अध्यक्ष घलेले राहत वितरणका बेला जस्तै प्रतिबद्धता जनाए भन्दा केही बढि नै काम गर्ने संघको लक्ष्य रहेको जानकारी दिए । ‘हामीले १० हजार परिवारलाई राहत बाँड्ने भनेका थियौं, तर १७ हजारलाई बाँड्न सक्यौं, अब पुन:निर्माणमा पनि त्यही अनुपातमा बढि काम गर्न सकियो भने राम्रो हुनेछ,’  उनले भने ।

उनले संसारभरीका गैरआवासीय नेपालीहरुले आफ्नो गाँस काटेर जम्मा पारेको करिव ३५ करोड रुपैयाँ जुटिसकेको हुँदा तुरुन्तै पुन:निर्माण अभियानमा लाग्ने बताए । सम्झौतामा दुई बर्षभित्र घर निर्माण सकिसक्ने उल्लेख भए पनि एनआरएनले एक बर्षभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ ।

बिभागका महानिर्देशक सिंहले घर निर्माण प्रकृयामा आइपर्ने कुनै पनि कठिनाइमा सहयोग गर्न बिभाग र मातहतका कार्यालय तयार रहेको भन्दै यो परियोजनाले पुन:निर्माण अभियानमा थप उर्जा थप्ने बिश्वास ब्यक्त गरे ।

शहरी बिकाश मन्त्रालयका सहसचिव पदम मैनालीले गैरआवासीय नेपाली संघबाट निकै ठूलो अपेक्षा गरेर मन्त्रालयले तिब्रताका साथ स्वीकृति दिने प्रकृया अगाडी बढाएको बताए ।

‘यति ठूलो स्केलमा पुन:निर्माण सम्झौता गरेको पहिलो परियोजना हो’ सहसचिव मैनालीले भने, ‘हामीले देशमा करिव ५ लाख घर निर्माण गर्नुछ, गैरआवासीय नेपाली संघले बनाउने आवास पुन:निर्माण अभियानका लागि नमुना बन्ने छ भन्ने हामीले बिश्वास लिएका छौं ।’

गैरआवासीय नेपाली संघको सातौं अधिवेशन यही अक्टुवर १४ तारिखबाट काठमाण्डौमा सुरु हुँदैछ । ‘एनआरएन: राष्ट्र पुन:निर्माणको सच्चा साझेदार’ नारा तय गरेको संघले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

‘स्थानीय संस्कृति झल्किने भूकम्प प्रतिरोध र आधुनिक घर निर्माण गर्ने छौं,’ अध्यक्ष घलेले भने, ‘नमूना वस्तीमा अन्य पूर्वाधार निर्माणका लागि अन्य संस्थासग पनि सहकार्य हुन सक्छ ।’

उनले गैरआवासीय नेपालीले संकलन गरेको एक–एक पैसाको सही सदुपयोग गर्दै राष्ट्र पुन:निर्माणको सच्चा साझेदारीको नमुना प्रस्तुत गर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीवा लामिछाने तथा संघको कार्यसमितिका अधिकांश सदस्यहरुको उपस्थीति थियो ।

Shesh ghale (2)

Shesh ghale (3)

NRN-Govenment-Agreement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?