+
+
Shares

प्रहरीले निःशुल्क बोक्न थाल्यो यात्रु

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते ६:२५

Police-Service२५ असोज, काठमाडौं । पेट्रोलिमय पदार्थ अभावका कारण सार्वजनिक सवारी साधन कम चलेपछि प्रहरीले निःशुल्क यात्रु बोक्ने गाडी सञ्चालनमा ल्याएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आइतबारदेखि प्रहरी बोक्ने गाडीमा सर्वसाधारणलाई निःशुल्क सेवा दिन थालेको हो । धेरै यात्रुको चाप रहने चक्रपथ क्षेत्रमा दुई गाडी सञ्चालन गरिएको राजधानीमा खबर छ ।

तेल अभावपछि काठमाडौंमा सार्वजनिक यातायात कम संख्यामा चलेका छन् । सोही कारण सर्वसाधारण कोचिएर र छतमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न थालेपछि प्रहरीले निःशुल्क सेवा दिने गाडी सञ्चालन गरेको हो । यो क्रम केही दिन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?